शिक्षाको गुणस्तर सुधारका लागि शिक्षाको प्रतिवद्धता

          |   प्रकाशित मितिः मङ्लबार, जेष्ठ २३, २०७४     ::: 333 पटक पढिएको   |  

दैलेख, जेठ २२ – दैलेखका जिल्ला शिक्षा अधिकारी बिष्णुप्रसाद अधिकारीले हरेक विद्यालयमा जिल्लाको शैक्षिक गुणस्तर सुधार तथा बालमैत्री शिक्षण पद्धतिलाई प्रभावकारी बनाउने प्रतिवद्धता जनाएका छन् । DEO Deligetion
इन्सेकको इएलपी परियोजना अन्तरगत लाँकुरीमा गठित मानवअधिकार निगरानी समूहको डेलिगेशनसंग आज कार्यालयमै कुरा गर्दै जिल्ला शिक्षा अधिकारीले सो कुरा जनाएका हुन् ।
नारायण आधारभूत विद्यालय विजयकोटको भवन जीर्णोद्धार बारे निगरानी समूहले राखेको मागका सम्वन्धमा श्रोत केन्द्रबाट समेत निर्णय भइ आएमा आगामी वर्षको कार्यक्रममा प्राथमिकता दिइने जिल्ला शिक्षा अधिकारीले बताए ।
डेलिगेशनमा मानव अधिकार निगरानी समूहका संयोजक शेरबहादुर गुरुङ्ग, सदस्यहरु सुनीता बुढा, सीता नेपाली र इन्सेकको इएलपी परियोजनाका जिल्ला सहजकर्ता अमर सुनारको सहभागिता थियो ।



Leave a comment

Your email address will not be published.


*