चापागाउवासीको प्रतिवद्धता ः बालविवाह हुन दिन्नौं

चापागाउवासीको प्रतिवद्धता ः बालविवाह हुन दिन्नौं

दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका १ स्थित चापागाउ वासी बालविवाह रोकथाम गर्न लागि परेका छन् । विगतमा बालविवाहकै कारण सुत्केरी आमा र बालबालिकाको स्वास्थ्यमा कमजोर भएपछि उनीहरुले बालविवाह रोक्ने प्रतिवद्धता जनाएका हुन ।

?
?
?
?
?
?

चापागाउमा दलित समुदायको बाक्लो वस्ति छ । अशिक्षा र अज्ञानताकै कारण उनीहरु कलिलो उमेरमै विहे गरी बच्चा जन्माउछन् । जस्ले गर्दा आमा तथा बच्चाको स्वास्थ्यमा खरावी देखिन्छ । गत वर्ष यसै समुदायका तीनजना आमाले सुत्केरी हुन नसकेर ज्यान गुमाउन बाध्य भएका थिए । १५ वर्षको उमेरमा विहे गरेकी रत्न वि.क. १८ वर्षको उमेरमा बच्चा जन्माउन नसकि ज्यान गुमाएकी थिइन् । त्यसैगरी सुत्केरी हुन नसकेरै न्याउरी नेपालीको पनि मृत्यु भएको थियो ।
बालविवाहकै कारण आमा र बच्चाको स्वास्थ्यमा असर पर्ने जानकारी पाए पछि उनीहरु बालविवाह रोकथाम गर्न लागी परेका हुन । सामाजिक अभियान्ता लक्ष्मी वि.क. भन्छिन् स्थानीय आफै् जागेपछि गत महिना मात्रै हुन गईरहेका चार वटा बाल विवाह रोकिए । अहिले ती बालक र बालिका आफ्नै घरमा बसेका छन् र पढाईलाई निरन्तरता दिएका छन् । विगतमा विवाह रोकिएका बालक र बालिका आफै विवाह रोक्न लागेपछि अहिले गाउमा बालविवाह हुने क्रम घटेको लक्ष्मीको भनाई छ ।
सेभ द चिल्ड्रेनको साझेदारीमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख द्धारा सञ्चालित सहयात्रा परियोजनाले उक्त गाउमै वालविवाह न्यूनिकरणका लागि अन्तक्रिया कार्यक्रमको आयोजना गरेपछि स्थानीयवासीले बालविवाह रोकथाम गर्ने प्रतिवद्धता जनाएका थिए । आफुले उमेर नपुगेरै विवाह गरेकोमा अहिले पछुतो लागेको बताउने मन्जु सुनार भन्छिन् आफ्ना बालबालिकाको उमेर पुगेर मात्रै विहे गर्नेछु । हिजो जे गरियो गल्ति गरियो । त्यतिखेरको जमाना पनि त्यस्तै थियो । अब मेरो सन्तानले सानै उमेरमा विहे गरीहाले पनि हुन नदिने उनको भनाई थियो । आमा समूहकी सदस्य मञ्जु अहिले बालविवाह रोक्नका लागि टोलटोलमा जानकारी दिने गर्छिन् ।
समाजमा जरा गाडेर बसेको बालविवाह शिक्षा र जनचेतनाको कमिले गर्दा भएको स्थानीयवासी निर्मल तामाङ्गले बताए । उनले थपे, यस्तो जोखिक कार्य गर्न समुदाय सबै एकजुट हुन आवश्यक छ ।
रोकिएको बालविवाह पश्चात पनि ति बालबालिकाको गोप्य सम्बन्ध भई बच्चा जन्मेमा उनीहरुको बैधानिकता के हुने भनेर स्थानीय भिम बहादुर वि.क.ले चिन्ता व्यक्त गरेका थिए । उनले थपे, कानुनले उमेर नपुगी भएको विवाहलाई मान्यता दिदैन् तर त्यस्तो जोडिबाट जन्मिने बालबालिकाको भविश्यका बारेमा राज्यले कस्तो कानुन बनाएको छ भनी प्रश्न गरेका थिए ।

प्रतिक्रिया