हिंसा न्यूनिकरण र रोकथाम सम्बन्धि तालिम

हिंसा न्यूनिकरण र रोकथाम सम्बन्धि तालिम

दैलेख, बाल हिसा विरुद्ध बालबालिकाको क्षमता अभिबृद्धि गर्ने उद्धेश्यले बाल क्लवका प्रतिनिधिलाई एक दिने बाल हिंसा न्यूनिकरण र रोकथाम सम्बन्धि तालिम सम्पन्न गरेको छ । उक्त तालिम सेभ द चिल्ड्रेनको साझेदारीमा सामजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखको सहयात्रा परियोजनाले सञ्चालन गरेको थियो ।

?
?

संयुक्त राष्ट्रसंघिय बाल अधिकार सम्बन्धि महासन्धी १९८९,बाल अधिकारका आधारभूत सिद्धान्तहरु, बालबालिकाका अधिकारहरुको समुहगत वर्गिकरण, बालबालिका माथि हुने जोखिम वा हानी र बाल संरक्षण सम्बन्धि अबधारणा, बाल बालिका विरुद्ध हुने हिँसा र दुव्र्यवहार लगायतका विषयमा केन्द्रिय बाल कल्याण समितिका दैलेखस्थित श्रोत व्यक्ति डम्बर रोकायले जानकारी गराएका थिए । उक्त तालिममा बाल यौन दुव्र्यवहार, बालयौन दूव्र्यवहारका कारणहरु बालयौन दूव्र्यवहारबाट बच्न् के गर्ने, बाल विवाह र बाल विवाहका असरहरुको बारेमा जानकारी गराईएको थियो ।
तालिमले बालबालिकाको क्षमता अभिबृद्धिमा सहयोग गरेको सहभागी मोतिराम जैसीले बताए । उनले थपे, बालबालिका भविश्यका कर्णधार हुन । अहिले समाजमा बालबालिकाप्रति विभिन्न हिंसा भईरहेका छन् । त्यस्ता हिंसाको विरुद्ध सबै एकजुट हुन आवश्यक भएको जैसीको भनाई थियो ।

जोखिममा भएका बालबालिकाको पहिचान गरी उद्धार गरे उनीहरुको भविश्य राम्रो हुनसक्ने सहभागी रमिता विश्वकर्माले बताईन् । उनले थपिन् हाम्रो क्षमता विकासमा तालिमले सहयोग गरेको छ । बालबालिका सम्बन्धि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ऐन कानुनहरुको बारेमा जानकारी भएको छ ।

विगतमा जसलाई तालिम दिइएको थियो उनीहरुलेनै बाल विवाह गरेको तितो अनुभव भएकाले यस्तो कार्य नगर्न सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका संस्थापक अध्यक्ष हिरासिंह थापाले बताए । उनले थपे, ‘विहेवारी विस वर्ष पारीको’ नारालाई आत्मसाथ गर्न अनुरोध गर्छु । हामी प्रेम नगर्नुहोस भन्दैनौं । प्रेम गर्नुहोस त्यो तपाईहरुको स्वइच्छा हो तर विहे २० वर्ष अगाडी नगर्नुहोला ।

बालबालिकाको पहिलो कर्तव्य आफ्नो अध्ययनलाई पुरा गर्नुहो । अध्ययन जागिरका लागि मात्रै होइन् कृषिमा काम गर्नलाई पनि आवश्यक पर्छ । अहिले समाजमा जागरिका लागि पढनु पर्छ भन्ने मानसिकता छ । त्यसैले तपाईहरुले सचेत बनेर पढाई लेखाईप्रति अभिरुची जगाउनु पर्छ । त्यो बाहेक बचेको समयमा अन्य अतिरिक्त क्रियाकलाप पनि गर्नुहोला । बालबालिकाले सबै निर्णय स्वविवेकले गर्न नसक्ने भएकाले पनि होसियार हुन आवश्यक भएको थापाले बताए । तालिममा साविकको १० गाविसका बाल क्लवका प्रतिनिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया