जिल्लाभरीका बालबालिका सदरमुकाममा

जिल्लाभरीका बालबालिका सदरमुकाममा

दैलेख, जेठ २८ । बालबालिकाको क्षमता विकास तथा जिल्लास्तरीय बाल सञ्जाल गठन गर्ने उदेश्यले २ दिने जिल्ला बाल भेला आइतबार दैलेखमा शुरु भएको छ । सेभ द चिल्ड्रेन, सामाजिक सेवा केन्द्र र महिला तथा बाल बालिका कार्यालयको समन्वयमा जिल्ला समन्वय समिति दैलेखले भेला आयोजना गरेको हो ।20170611_121027
भेलामा जिल्लाका ११ वटै स्थानीय तहबाट बाल सञ्जालका ४÷४ जना बाल प्रतिनिधिको सहभागीता छ । भेलाको उद्घाट्नमा ‘जिल्लास्तरीय बाल सञ्जालको प्रतिनिधि जिल्ला बाल कल्याण समितिको सदस्य हुने भएकाले भेला महत्वपूर्ण भएको प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीले बताए ।’ ‘स्वच्छ रहने, कर्मशिल बन्ने, खराब बानीको पहिचान गरी त्याग्ने र समय चिन्न सक्ने व्यक्तिनै भविश्यको राम्रो जनशक्ति हुने’ भन्दै उनले ‘व्यक्तिगत क्षमता विकासमा ध्यान दिन जरुरी भएको टिप्पणी गरे ।’
बालबालिकाको हक हित संरक्षणका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा झण्डै ३ दर्जन भन्दा बढी कानुन छन् । त्यसैगरी आधा दर्जन भन्दा बढी मन्त्रालयले बालबालिकाको हक हितका लागि काम गर्छन् । प्रजिअ अधिकारीले सरकारले यति धेरै लगानी गर्नुको मुख्य उदेश्य भनेकै सक्षम जनशक्ति तयार गर्नु हो भन्दै राज्य लगानीअनुसार प्रतिफल आउनुपर्नेमा जोड दिए । बालबालिका विकासका सम्वाहक भएकाले श्रृजनशिल बन्न उनले आग्रह गरेका थिए ।
अहिलेको पुस्ता भन्दा बालबालिका एक कदम अगाडी भएकाले भविश्यको नेतृत्वका लागि राम्रो जनशक्ति तयार गर्न उनीहरुको क्षमता विकासमा जोड दिनुपर्ने स्थानीय विकास अधिकारी डिलाराम पन्थीले बताए । ‘हामी सुन्छौ हाम्रो स्थानीय तहमा गुनासै गुनासा छन् । वडा सचिवहरु कार्यलयमा वस्दैनन्, शिक्षक विद्यालय जादैनन्, विद्यालयका शौचालयहरु भत्किएका छन् । यस्ता गुनासा भविश्यमा तपाईहरुको नेतृत्वले गरेको सुन्न नपरोस ।’ उनले अगाडी भने, ‘अहिले भर्खरै स्थानीय तहको निर्वाचनबाट जनप्रतिनिधि छनौट भएका छन् । अबको १५ वर्षपछि त्यो नेतृत्व तपाईहरुको हो । भोलिको डाक्टर, इन्जियर र ठुलो पदमा तपाईहरुनै हुनुहुन्छ ।’ तर त्यसका लागि अहिले देखिनै तयारी गर्नुपर्ने पंथीले बताए । जापान, अमेरीका लगायतका विकशित देशमा दक्ष जनशक्ति नभएको भए ती देशको विकास हुने थिएन भन्दै उनले दक्ष जनशक्तिका लागि बालबालिकाको क्षमता विकास हुनुपर्नेमा जोड दिए । उनले थपे, ‘भोलीको राम्रो देश बनाउने जिम्मा बालबालिकाकै हातमा भएकाले बाल बालिकाको क्षमता विकासका लागि सरकारले लगानी गरेको छ ।’

प्रतिक्रिया