अव अरु कुनै नाममा द्वन्द्व हुनु हुदैन ः उपप्रमुख थापा

अव अरु कुनै नाममा द्वन्द्व हुनु हुदैन ः उपप्रमुख थापा

दैलेख, जेठ २८ – दुल्लू नगरपालिकाका नवनिर्वाचित उपप्रमुख बिष्णु थापाले अव अरु कुनै पनि नाममा द्वन्द्व हुनु नहुने बताउनुभएको छ । स्थानीय शान्ति समिति दैलेखले सशस्त्र द्वन्द्वको समयमा मारिएका, वेपत्ता, घाइते र अपाङ्ग परिवारका बालबालिकालाई आज दुल्लूमा शैक्षिक सामग्री वितरण कार्यक्रममा उहाँले सो विचार राख्नुभएको हो । news 2074.2 (2) news 2074.2 (1)
उपप्रमुख थापाले तत्कालिन नेकपा माओवादीको सशस्त्र द्वन्द्वको क्रममा त्यसबेला देश नै आक्रान्त भएको उल्लेख गर्दै अव स्थानीय तहको निर्वाचनपछि जनप्रतिनिधि र जनता विकास गर्न इच्छुक भएकोले कुनै पनि बाहनामा द्वन्द्व वा अशान्ति हुनु नहुने धारणा राख्नुभयो ।
कार्यक्रममा स्थानीय शान्ति समितिका जिल्ला संयोजक पार्वती बिशुन्केले २०६१ मा दुल्लूका महिलाले तत्कालिन बिद्रोही पक्षको ज्यादती विरुद्ध आन्दोलन गरेर उनीहरुलाई शान्ति प्रक्रियामा आउन वाध्य पारेको बताउदै यसले शान्ति प्रक्रियालाई समेत सघाएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा पञ्चकोशी ज्वाला माध्यमिक विद्यालय गमौडीका अध्यक्ष गोपालनाथ योगीले स्थानीय शान्ति समितिले बालबालिकाका लागि दिएको शैक्षिक सामग्रीले द्वन्द्व पीडितहरुलाई आत्मबलका साथ जीवन संघर्ष गर्न प्रेरित गरेको बताउनुभयो ।
त्यस बखत दुल्लू नगरपालिकाका निमित्त कार्यकारी अधिकृत तुलसीप्रसाद उपाध्यायले सशस्त्र द्वन्द्वले पारेका असर र शान्ति प्रक्रिया र रुपान्तरणका विषयमा प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख थापा लगायत स्थानीय शान्ति समितिका सदस्यहरु अमर सुनार, बमबहादुर रावत, जंगबहादुर थापा मगर, रेडियो दुल्लूका प्रतिनिधि निरक शाही, इलाका प्रहरी कार्यालयका प्रतिनिधि भगवती सुवेदी शाहीले ५० .जना द्वन्द्व पीडित बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्नुभयो ।
खुला अन्तरक्रियाको क्रममा सेवाग्राहीहरुले सशस्त्र द्वन्द्वको समयमा भएका मानवअधिकार हनन्का घटना, क्षतिपूर्ति तथा राहतमा देखिएका प्रक्रियागत जटिलता, राहत तथा क्षतिपूर्ति नपाएका छिटपुट वास्तविक पीडितलाई त्यस्तो सहयोग जुटाउने उपाय लगायतका विषयमा समस्या दर्शाएका थिए ।

प्रतिक्रिया