बन्दले बाँकेको जनजीवन प्रभावित

बन्दले  बाँकेको जनजीवन प्रभावित

IMG_1187

राष्ट्रिय जनता पार्टी नेपालले आहवान गरेको चारदिने आम हडतालको दोस्रो दिन बाँकेको जनजीवन प्रभावित भएको छ । राजपा नेता तथा कार्यकर्ताहरु नेपालगंजको विपि चौक लागायत विभिन्न चौकहरुमा प्रर्दशन गरेका छन ।

राजपार्टी नेपालका वरिष्ठ नेता पशुपति दयाल मिश्राका अनुसार आज अहिले सम्म कुनै अप्रिय घटना नघटेको बताउनु भएको छ । राजपानेपालका कार्याकर्ताले हिजो नेपाली कागे्रसबाट मेयर उम्मेदवार बनेका डा सुरेश कुमार कनोडियाको गाडिमा ढुंगामुढा गरीएको थियो ।

आजको वन्दमा कुनै सवारी साधनहरु चन्न नदिने तथा नदिएको राजपानेपालका एक नेताले जानकारी दिएका छन । आमहडताल भएको सम्पुर्ण सावरी साधन तथा बजार वन्द भएका पनि परिक्षा चलिरहेको विद्यालयहरुमा सहमति अनुसार चल्न दिइएको नेता मिश्राले बताउनु भएको छ ।

प्रतिक्रिया