एसइईको नतिजा शुक्रबार बिहान सार्वजनिक हुने, ८ बजे बोर्ड बैठक

एसइईको नतिजा शुक्रबार बिहान सार्वजनिक हुने, ८ बजे बोर्ड बैठक

भक्तपुर । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसीको रुपान्तरित माध्यामिक शिक्षा परीक्षा अर्थात सेकेन्डरी एजुकेसन एक्जाम एसइई को नतिजा शुक्रबार बिहान सार्वजनिक गर्ने भएको छ । exam-board

एसइईका परीक्षार्थीको नतिजा सार्वजनिक गर्नका लागि डाटा इन्ट्री गर्ने काम, रुजु गर्नेलगायत अधिकांश काम सकिएको र परीक्षा सार्वजनिक गर्न बिहान ८ बजे बोर्ड बैठक बोलाइएकोे कार्यालयकी परीक्षा नियन्त्रक अम्बिका रेग्मीले जानकारी दिइन् ।

बोर्ड बैठक सकिएलगत्तै बिहान १० बजेसम्ममा परीक्षाफल सार्वजनिक गर्ने तयारी गरेको उनले जानकारी दिइन् ।

संशोधित शिक्षा ऐनअनुसार कक्षा १२ सम्म माध्यामिक शिक्षा कायम भएपछि यसवर्षदेखि लागू भएको माध्यमिक शिक्षा परीक्षा एसइई को यो पहिलो नतिजा हुनेछ ।

परीक्षामा देशभरबाट दुई लाख ५९ हजार ७३२ छात्र र दुई लाख ७८ हजार ४५० छात्रा गरी कूल पाँच लाख ३८ हजार १८२ परीक्षार्थी सहभागी भएका थिए । रासस

प्रतिक्रिया