यामबहादुरको नेतृत्वमा जिल्ला बाल सञ्जाल, नयाँ संरचना अनुसार नेपालकै पहिलो जिल्ला वाल संजाल

यामबहादुरको नेतृत्वमा जिल्ला बाल सञ्जाल, नयाँ संरचना अनुसार नेपालकै पहिलो जिल्ला वाल संजाल

दैलेख – स्थानीय तहको नयाँ संरचना अनुसार जिल्लामा बाल सञ्जालको गठन गरिएको छ । दैलेख जिल्लाका ११ वटा स्थानीय तहमा नगर र गाउ पालिका स्तरीय वाल संजाल प्रतिनिधिहरुको छनौट गरी जिल्लास्तरीय बाल सञ्जाल गठन गरिएको हो । IMG_20170612_153421
दोस्रो जनआन्दोलन पश्चात राज्यको मुलप्रवाहमा आउन नसकेका महिला, दलित, पिछडा वर्ग र बालबालिकाको स्थानीय तहका सबै संरचनामा प्रतिनिधित्व गराउने रणनीति राज्यले अपनाएको थियो । स्थानीय स्वायत्त शासन २०५५ र बालमैत्री स्थानीय शासन कार्यविधि २०६७ ले पनि स्थानीय तहका सबै संरचनामा बालबालिकाको प्रतिनिधित्व गर्ने व्यवस्था गरेको छ ।

जिल्ला वाल मंच दैलेखका अध्यक्ष याम वहादुर विक
जिल्ला वाल मंच दैलेखका अध्यक्ष याम वहादुर विक
जिल्ला वाल मंच दैलेखका उपाध्यक्ष विपना राना
जिल्ला वाल मंच दैलेखका उपाध्यक्ष विपना राना

बाल बालिकाको उमेर सिक्ने हो । सिक्ने धेरै प्रकारको शैलि हुन्छ । अरु जुनसुकै काम गरेपनि बालबालिकाले शैक्षिक गुणस्तर सुधार गर्न सकेन्न भने अरु कामको कुनै अर्थ नभएको स्थानीय विकास अधिकारी डिलाराम पंथीले बताए । उनले थपे, अहिले पनि ५ प्रतिशत बालबालिका विद्यालय वाहिर छन् । ती बालबालिका तपाईहरुका साथी हुन । तिनीहरुलाई विद्यालयमा ल्याउने जिम्मा तपाईहरुको हो ।
स्थानीय जनप्रतिनिधिहरुसँग बालबालिकाले मिलेर काम गर्नुपर्ने भएकाले आफ्नो क्षमता विकास गर्न उनले आग्रह गरेका थिए । तपाईहरु भाषण गर्ने नेता होइन, पढ्ने र समाज सुधारका लागि काम गर्ने नेता भएकाले स्थानीय तहमा विरोध मात्रै नगरेर सकारात्मक काम गर्नुपर्ने उनको भनाई थियो ।
स्थानीय तहको नयाँ संरचना अनुसार बाल संञ्जाल गठन नेपालकै पहिलो जिल्ला भएको महिला विकास अधिकृत अनिता ज्ञावलीले बताईन् । वडा र स्थानीय तह हुदै जिल्ला बाल सञ्जालको गठन गरिएको छ । जिल्ला बाल सञ्जालबाट जिल्ला बाल कल्याण समितिको सदस्य हुने भएको हुदाँ यो भेला महत्वपूर्ण भएको ज्ञावलीको भनाई थियो । नयाँ निर्वाचित कार्य समितिलाई बधाई दिदै उनले भनिन् बालबालिका विकासका साझेदार हुन् । भविश्यका कर्णधार हुन् । उनीहरुको व्यक्तित्व विकासका लागि राज्यले लगानी गर्न आवश्यक छ । उनले थपिन् जिल्लास्थित सम्पूर्ण संघ÷संस्थाको समन्वय र सहकार्यले मात्रै बालबालिकाको जिल्ला भेला सम्भव भएको हो ।
छिमेकमै के भैरहेको छ भनेर जानकारी नपाउने हिजोका बालबालिका अहिले जिल्ला र देशकोस्थितीको बारेमा चिन्ता गर्न शुरु गरेको नवनिर्वाचित अध्यक्ष यामबहादुर वि.क.ले बताए । उनले थपे, हामीले जे सिकेका छौ त्यो गाउमा लागु गर्नेछौं । सञ्जालले बालविवाह न्यूनिकरण, विद्यालय बाहिर रहेका बालबालिकाको पहिचान गरी विद्यालय सेवा क्षेत्रमा ल्याउने, हिँसा प्रभावित बालबालिकाको उद्धार गर्ने र स्थानीय तहको विकास निर्माण र निर्णय प्रक्रियामा साझेदार भएर काम गर्ने वि.क.को भनाई थियो ।
आफुलाई उपाध्यक्षमा समर्थन गर्ने सबै साथीहरुलाई धन्यवाद दिदै विपना रानाले भनिन् आफ्नो कार्यकालमा कुनै पनि बालबालिकाले बाल ंिहसा र श्रम शोषण जस्ता दुव्र्यवहार भोग्नु पर्नेछैन् र त्यस्ता कार्य विरुद्ध लगातार लागि रहनेछु । सानै देखि समाजसेवा गर्ने इच्छा भएकै कारण जिल्लास्तरीय सञ्जालमा आएको बताउने राना आफ्नो अध्ययनलाई पुरा गर्न सबै साथीहरुलाई सुझाव पनि दिएकी थिईन् । भेलाले यामबहादुरको नेतृत्वमा १३ सदस्यीय जिल्लास्तरीय बाल सञ्जालको गठन गरेको छ ।

प्रतिक्रिया