चुनाव सकिएको १ महिनापछि समिक्षा गर्दै काँग्रेस

चुनाव सकिएको १ महिनापछि समिक्षा गर्दै काँग्रेस

दैलेख, असाढ ८ । गत वैशाख ३१ गते भएको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसले दैलेमा चुनाव हार्यो । चुनावी नतिजा सार्वजनिक भएको केही दिनसम्म काँग्रेसका उम्मेदवार, नेता तथा कार्यकता अन्तर्घातका कारण चुनाव हारिएको भन्ने चर्चा गरिरहेका भेटिन्थे । चिया पसलमा उनीहरु समिक्षा पनि गर्थे कसरी चुनाव हारियो ? पार्टीले आधिकारिकरुपमा समिक्षा गर्न सुरु नगरे पनि आम कार्यकर्ताहरु आफ्नै तालमा समिक्षा गरिरहेका थिए ।
चुनाव सकिएको १ महिनाभन्दा धेरै भइसकेको छ । चौतारिएको समिक्षा पनि सेलाइसेको छ । तर, नेपाली काँग्रेस जिल्ला कार्य समिति भने अव औपचारिकरुपमै समिक्षामा जुटेको छ । नेपाली काँग्रेसका जिल्ला सभापति कृष्णकुमार विसिले बिहीबार वडा सभापतिलाई पत्र लेखेर प्रतिवेदन पेश गर्न निर्देशन दिएका छन् । यही असाढ १५ गते भित्र प्रतिवेदन बुझाउन भन्दै उनले लेखेको परिपत्रमा चुनावमा चिताउन सहयाृग गर्ने सबैलाई धन्यावाद दिइएको छ भने हारेका उम्मेदवारलाई सान्त्वाना दिने प्रयास गरिएको छ । परिपत्रमा वडामा रहेका उम्मेदवार, पार्टीका क्रियाशील सदस्य, नेता कार्यकर्ता, भातृ तथा सुभेच्छुक संघसंगठनका सदस्यहरुको भुमिका कस्तो रह्यो प्रतिवेदन दिन भनेका छन् । सभापति विसिले सबै तहबाट प्रतिवेदन प्राप्त भएपछि जिल्ला कार्यसमितिमा ती प्रतिवेदनमाथि छलफल हुने बताए । उनले पार्टीलाई असहयोग गर्नेमाथि कारबाही गर्ने भन्दा पनि यो समस्याबाट मुक्त हुने दिशाबाट समिक्षा हुने बताए । उनले अहिलेसम्मको अवस्थाअनुसार कसैमाथि कारबाही हुने सम्भावना नहरेको बताए । जिल्ला कार्य समितिमा असहयोग गरेको कुनै उजुरी परेको छैन ।
११ वटा स्थानीय तह रहेको दैलेखमा नेपाली काँग्रेसले जम्मा ४ वटा स्थानमामात्र प्रमुख जितको छ । यस्तै ९० वडा रहेकोमा ३४ वटा वडामात्र नेपाली काँग्रेसका अवा अध्यक्ष विजयी भएका छन् । दुल्लु नगरपालिकाको मेयरमा काँग्रेसले जित्दा उमेरसहित बहुमत एमालेले जितेको छ । यस्तै आठविस नगरपालिकामा उपमेयर जिते पनि मेयरमा ४७ मतान्तरले काँग्रेसले पराजय भोगेको छ । ४ वटा नगरपालिका मध्ये सदरमुकामको नारायण नगरपालिका, चामुण्डा विन्द्रासैनी नगरपालिका र आठविस नगरपालिका एमालेले जितेको छ । यस्तै ७ वटा गाउँपालिका मध्ये गुराँस, डुंगेश्वर र नौमुले काँग्रेसले जितेको छ भने ठाँटिकाँध, भैरवी, भगवतीमाई र महाबु एमालेले जितेको छ । जिल्ला समन्वय समिति पनि एमालेकै पोल्टामा जाने निश्चित छ । जिससमा मतदान गर्न पाउने २२ मत मध्ये एमालेको मत १४ छ भने काँग्रेसको ८ मात्र छ ।

प्रतिक्रिया