एच.आइ.भि. एड्स बिरुद्धको औषधि तथा एच.आइ.भि.रोग परिक्षण तथा परामर्स दुल्लू आस्पतालमा

एच.आइ.भि. एड्स बिरुद्धको औषधि तथा एच.आइ.भि.रोग परिक्षण तथा परामर्स दुल्लू आस्पतालमा

निरक शाही
दुल्लू, दैलेख– एच.आइ.भि. एड्स बिरुद्धको औषधि तथा एच.आइ.भि.रोग परिक्षण तथा परामर्स केन्द्रको रुपमा दुल्लू आस्पतालमा हिजो एक कार्यक्रमका विच उद्घाटन भएको छ । दुल्लू नगरपालिकाका नगर प्रमुख घनश्याम भण्डारीले दुल्लू अस्पताल र दुल्लू क्षेत्र भित्र का सवै स्वास्थ्य चौकिहरुलाई सुसम्पन्न र ब्यवस्थित बनाउनको लागि आफु कटिवद्ध भएर लाग्ने प्रतिवद्धता गर्नुभएको छ । उँहाले दुल्लू अस्पताललाई पचास सैयाको बनाउनको लागि पहल भई रहेको बताउदै छिट्टै पचास सैयाको अस्पताल वन्ने बताउनुभयो । उहाले प्रदेश नं. ६ को रुपमा रहेको पञ्चकोशी प्रविधिक तथा दुल्लू प्राविधिक पोलिटेक्निक शिक्षलय सञ्चालन मा ल्याउनको लागि जग्गा खरिद प्रकृया सुरु भएको जानकारी गराउनु भयो । जिल्ला अस्पताल दैलेखको आयोजनामा भएको एच.आइ.भि. एड्स बिरुद्धको औषधि तथा एच.आइ.भि.रोग परिक्षण तथा परामर्स केन्द्रको रुपमा दुल्लू आस्पतालमा उद्घाटन कार्यक्रमा सो विचार राख्नु भएको हो ।
कार्यक्रममा जिल्ला अस्पताल दैलेखका प्रमुख डा. सोभित थापाले एच.आइ.भि. एड्स बिरुद्धको औषधि तथा एच.आइ.भि.रोग परिक्षण सेवा अछाम , कालिकोट , लगएत दैलेख जिल्लाका दुल्लू नगरपालिका , भैरवी गाँपालिका , महावु गाँउपालिका , चामुुण्डाविन्द्राशैनी नगरपालिकाका संक्रमित रोगिहरुले अव देखी दुल्लू अस्पतालबाट सेवा लिन सकिने जानकारी गराउनु भयो । एच.आइ.भि. एड्स बिरुद्धकोऔषधि तथा एच.आइ.भि.रोग परिक्षण सम्वन्धि तालिम दुल्लू अस्पतालका २ जनाले तालिम लगिसकोले ढुक्क भएर उपचार गरान आग्रह गर्नु भयो । उहाले जिल्ला अस्पताल दैलेखमा चार देखी छ मनिाका एच.आइ.भि संक्रमित रोगिहरुले प्रतेक महिनाको ६ र ७ गते परिक्षण गराई रहेको जानकारी दिनु भयो ।
नेपालमा एच.आइ.भि. एड्स बिरुद्धको औषधि सन २००४ मा सुरु भई जिल्ला अस्पताल दैलेखमा २०६६ फागुन बाट सुरु भएको हो । दैलेख जिल्ला भरी २०७ जना एच.आइ.भि. संक्रमित रहेका छन । जिल्ला अस्पताल देलेखबाट १३० जना एच.आइ.भि. संक्रमितहरुले सेवा लिईरहेका छन । अव देखी दुल्लू अस्पतालबाट १६ जनाले एच.आइ.भि. परिक्षण तथा औषधि को सेवा लिने छन । निर्वाचन षेत्र नं. २ का एच.आइ.भि. संक्रमित बिरामीहरुले उपचार गराउन जिल्ला अस्पताल दैलेख वा जिल्ला बाहिर जानु पर्ने वाध्यता हटेको छ । यि सेवाहरु संगै दुल्लू अस्पताल को सेवा विस्तार भएको छ । आज भोली दुल्लू अस्पतालमा विरामीहरुको घुईचो लाग्ने गरेको छ ।
दुल्लू अस्पताल का प्रमुख डा. लाल गुरुुङको अध्यक्ष्तामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रकास चन्द्र अधिकारी, जिल्ला प्रहरी कार्यलय दैलेका प्रमुख केदार रजौरे, जिल्ला अस्पताल दैलेखका कलम थापा , धुर्वतारा एफ.एम.का प्रत्रकार लोकेन्द्र पौडेल, रेडियो दुल्लू का निरक शाही को सहभागिता रहेको थियो ।

प्रतिक्रिया