लागू औषध रोकथाममा गम्भीरता आवश्यक

लागू औषध रोकथाममा गम्भीरता आवश्यक

दैलेख, असार १२ – सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखले लागू औषध तथा दुव्र्यसनी समस्याप्रति गम्भीर हुन सरोकारवाला निकायको ध्यानाकर्षण गरेको छ । आज जुन महिनाको २६ तारिक अर्थात लागू औषध तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस पारेर एक सार्वजनिक विज्ञप्ती मार्फत त्यस्तो ध्यानाकर्षण गराएको हो ।
सरकारी परिभाषा अनुसार झण्डै ४० प्रतिशत जनसंख्या ओगटेको १६ देखि ४० वर्ष उमेर समूहका उत्पादनशील युवा जनशक्ति नै लागू औषध तथा दुव्र्यसनीमा फसेकोले दुव्र्यसनीबाट जोगाउन शिक्षक, नागरिक समाज र स्वास्थ्य तथा शिक्षा सम्वन्धी काम गर्ने निकायहरुको सहकार्यमा प्रभावरकारी काम गर्न आवश्यकता रहेको सोसेकका संस्थापक अध्यक्ष हीरासिंह थापाले विज्ञप्तीमा औल्याउनु भएको छ ।
लागू औषध तथा दुव्र्यसनीबाट युवाहरुलाई जोगाउँ, रचनात्मक काम लगाऊँ भविष्यका कर्णधार बालबालिका तथा युवाहरु स्वयम् आफै पनि भविष्यप्रति सधैं सचेत भई लागू औषध तथा दुव्र्यसनी रोकथाममा जुट्न समस्या समाधानको उपाय जनाइएको छ ।

प्रतिक्रिया