न्यायिक बिरामी हुनु भन्दा कानुनी उपचार खोज्नु राम्रो हुने ः जिल्ला न्यायधिश प्रकास पस्राद पण्डित

न्यायिक बिरामी हुनु भन्दा कानुनी उपचार खोज्नु राम्रो हुने ः जिल्ला न्यायधिश प्रकास पस्राद पण्डित

निरक शाही
असार १७ शनिबार, दैलेख, दुल्लू नगरपालिकामा आज न्यायीक सम्बाद कार्यक्रम सम्पन्न भएको छ । दैलेख जिल्लाका जिल्ला न्यायधिश प्रकाश प्रसाद पण्डितको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी दुल्लू नगर पालिकाका नगर प्रमुख घनश्याम भण्डारी, बिशेष अतिथी रमेश श्रेष्ट रहनु भएको थियो । कार्यक्रममा प्रमुख अतिथी भण्डारीले नागरिक न्यायमा जनताको पहुँच अभिवृद्ध गर्न छिट्टै न्यायिक समिति , वडा तहमा मेलमिलाप केन्द्रको स्थापना गरेर सहयोग गर्ने र जन प्रतिनिधिहरुलाई न्याय र कानुनी साक्षरताका लागि अभिमुखीकरण गर्ने जानकारी दिनु भयो । उहाँले आगामी दिनमा नगरपालिकाले देवानी कानुनका मुद्या नगरपालिकाबाटनै सम्वोदन गर्नको लागि कानुन निर्माण गर्ने उल्लेख गर्नु भयो ।
कार्यक्रममा जिल्ला न्यायाधिश प्रकास प्रसाद पण्डितले समाजमा धेरै न्यायिक बिरामी भएर बसिरहेको हुँदा कानुनको पंहुच भन्दा बाहिर बस्नु भन्दा अदालतमा आएर न्यायिक सेवा लिन आग्रह गर्नु भयो । उँहाले दैलेख जिल्लामा गरिवी , अशिक्षा र विपन्नताले समाजमा हुने गरेका विवादले २० प्रतिशत मात्र अदालतमा आउने गरेको गनासो गर्नु भयो । उँहाले जिल्ला अदालत दैलेखमा गरिवी र विपन्नता वर्गका लागि छुट्टै कानुनी सहायता केन्द्र स्थापना भएको ले ४० वटा निवेदनको ढाँचा निशुल्क रुपमा उपलब्ध हुने बताउनु भयो । सक्षम , स्वतन्त्र भएर न्याय प्राप्त गर्नु मौलिक हक भएकोले पिडा सहनु भन्दा अदालतमा आएर सेवा लिनु पर्ने बताउनु भयो । उँहाले दवाव ,अभाव र प्रभावका कारण पिडित अदालत आउन नसकेको अवस्थामा न्ययिक सम्वाद कार्यक्रम मार्फत सहयोग गर्न बस्ति तहमा आउने क्रममा दुल्लू नगरपालिकामा आएको बताउनु भयो । मेलमिलाप केन्द्र , न्यायिक समिति र अदालतका माध्यमले जनताको गुनासो समाधान गर्न नागरिक र अदालत विचको दुी घटाउने उद्येश्यले राज्यले न्यायिक ब्यवस्थाको लागि ठुलो खर्च गरेको बताउनु भयो ।
कार्यक्रममा द्रोणचल क्यम्पस प्रमुख नरेन्द्र बोहोरा वडा नं. ७ का अध्यक्ष लाल बहादुर रावत , सदस्य डम्मर खड्का , नरेन्द्र भण्डारी वडा सचिव भरोसा शाह लगाएतले जिज्ञासा राख्नु भएको थियो । कार्यक्रमको बारेमा जिल्ला अदालत दैलेखका श्रेस्तेदार रमेश श्रेष्ठले प्रकास पार्नु भएको थियो ।

प्रतिक्रिया