जलश्रोत परियोजनाका लागि समझदारीपत्रमा हस्ताक्षेर

जलश्रोत परियोजनाका लागि समझदारीपत्रमा हस्ताक्षेर

दैलेख – ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनाका लागि भैरवी गाउँपालिकाले समझदारीपत्रमा हस्ताक्षेर गरेको छ । भैरवी गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिहरुलाई परियोजनाको अवधारणा अभिमुखीकरणपछि आज डाँडीमाडीमा आयोजित कार्यक्रममा भैरवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढा र ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनाका डडेल्धुरा इकाईका उप टीमलिडर नारायणप्रसाद वाग्लेले परियोजना समझदारीपत्रमा हस्ताक्षेत्र गर्नुभयो ।

RV MOU Bhairabi (1)
ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनाका लागि स्थानीय पूर्वाधार विकास तथा कृषि सडक निर्माण (डोलिडार), जिल्ला समन्वय समिति, भैरवी गाउँपालिकाको संयुक्त साझेदारी रहने जनाइएको छ । कार्यक्षेत्रमा कम्तीमा ९७ प्रतिशत शुद्ध खानेपानी पु¥याउने, उपभोक्ता समिति तथा क्रियाकलापमा ५० प्रतिशत भन्दा बढी महिला सहभागिता, पानी सुरक्षा लगायतका जलश्रोत व्यवस्थापनका काम गर्ने परियोजना समझदारीपत्रमा उल्लेख छ ।
जल उपयोग गुरुयोजना निर्माण भएको हुनुपर्ने, त्यसका लागि ५ वर्षे कार्ययोजना तयार गर्नुपर्ने, कम लागतमा बढी लाभ पुग्ने गरी सबैले शुद्ध खानेपानी सेवा पाउने सेवा पु¥याउन अवको २ वर्ष अर्थात आर्थिक वर्ष २०७५÷०७६ सम्म परियोजना सञ्चालन गरिने उल्लेख छ ।
प्रदेश नं. ६ र ७ का दैलेख लगायतका १० जिल्लाका २१ गाउँपालिकामा २७ वटा आयोजना सञ्चालन गरिने बताइएको छ । त्यस मध्ये स्थानीय विकास कोष, सामाजिक सेवा केन्द्र र एभरेष्ट क्लव मार्फत सामाजिक परिचालनको जिम्मेवारीका साथ दैलेखका भैरवी, नौमूले र भगवतीमाई गाउँपालिकाको प्रत्यक्ष समन्वयमा जलश्रोत व्यवस्थापनका कार्यक्रम सञ्चालन हुने जिल्ला जलश्रोत सल्लाहकार लक्ष्मीचन्द्र महतले जानकारी दिनुभयो ।
डाँडीमाडीमा भएको अभिमुखीकरण कार्यक्रममा ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनाका डडेल्धुरा इकाईका उप टीमलिडर नारायणप्रसाद वाग्ले, जीविकोर्पाजन अधिकृत चक्र चन्द, जलश्रोत इञ्जिनियर जनक भट्टराईले परियोजनाको अवधारणा, श्रोतको व्यवस्थापन, कार्यक्रम सञ्चालन विषयमा विषयबस्तु बारे प्रकाश पार्नुभएको थियो ।
ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनाले असार ५ गते नौमूले र ६ गते भगवतीमाई गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिहरुलाई परियोजनाको अवधारणा अभिमुखीकरण तथा तत्तत् गाउँपालिकाकासंग समझदारीपत्रमा हस्ताक्षेत्र गरिएकाे छ ।

प्रतिक्रिया