वाल हेल्पलाईनको प्रभाव ः भारतकाे जयपुरमा अलपत्र बच्चाको उद्धार

वाल हेल्पलाईनको प्रभाव ः भारतकाे जयपुरमा अलपत्र बच्चाको उद्धार

दैलेख, साउन १० – गाउँलेको लहलहैमा भारत पुगेर जयपुरमा अलपत्र बालकको परोकारी भावनाका दैलेखी युवाहरुले उद्धार गरी नेपाल ल्याएका छन् । भैरवी गाउँपालिका–२ रावतकोटका कमल बिकले कालिकोटको पलता गाउँपालिका–७ थिर्पू घर बताउने १२ वर्षीय बाल सुवास बिष्टको उद्धार गरी ल्याउनुभएको हो । दैलेख जिल्लामा वाल हेल्पलाईनको वारेमा सुनेको र वच्चा अलपत्र परेको देखेर वच्चालाई ल्याएको विकले वताए ।
बालक सुवासका अनुसार उहाँका बुबाको नाम हरी बिष्ट र आमाको नाम सागरा बिष्ट हो । उहाँले बुबा आमाले मोवाइल बोक्नु भएको भएपनि आफूलाई मोवाइल नम्वर थाहा नभएको बताउनुभएको छ ।
दिदेसिलु मावि बेरशंकोट कालिकोटमा कक्षा ७ मा अध्ययनरत सुवास छिमेकी गाउँले एक अंकलले गएको भारतको जयपुर पु¥याई काम लगाई दिएको कम्पनी लुकीलुकी काम गर्नु परेको र पैसा पनि नदिएको कारण भागर बसपार्क आई पुग्दा दैलेखका कलम बिकसंग भेट भएको बताइएको छ ।
जयपुर बसपार्कमा हिजो मात्र भेट हुँदा बेखर्ची र हैरानीमा देखेपछि गाडीभाडा र खाना समेत खुवाउदै ल्याइ पु¥याएको बिक बताउनुभयो । आज साँझ मात्र दैलेख सदरमुकाम ल्याइएका ती बालकलाई वाल हेल्पलाईन १०९८ वाट संचालित सामाजिक सेवा केन्द्र (सोसेक)द्वारा सञ्चालित महिला र बालबालिका केन्द्रमा दैलेखमा आवास व्यवस्थापन गरिएको छ ।
बालक दिएको जानकारी अनुसार सामाजिक सेवा केन्द्र (सोसेक) कालिकोटमा परिवारका सदस्यहरुसंग सम्पर्क प्रयास गरिएको र अभिभावकहरु झिकाउने वा संस्थाकै पहलमा घरसम्म पठाउने व्यवस्था मिलाइने महिला विकास अधिकृत अनिता ज्ञवालीले बताउनुभयो ।
घरायसी तनाव, बालबालिका माथि हुने हिंसा वा लहलहैमा बालबालिकाहरु घर छोडी शहर पस्दा एकदमै न्यून रकममा कडा श्रमशोषणमा पर्ने गरेका छन् । त्यसरी घर छोड्ने बालबालिका मध्ये आधा जति भारत पस्ने र त्यहाँ बालश्रममा रोक लगाइएको कारण बाल सुधार गृहमा राखी यातना दिने गरिएको यस अघि नै खुलेको सामाजिक सेवा केन्द्र (सोसेक)का संस्थापक अध्यक्ष हीरासिंह थापाले बताउनुभयो ।

प्रतिक्रिया