सामाजिक तथा लैङ्गिक परीक्षण, दैलेख जिल्ला वालविवाह मुक्त जिल्ला वनाउने साझा प्रतिवद्धता

सामाजिक तथा लैङ्गिक परीक्षण, दैलेख जिल्ला वालविवाह मुक्त जिल्ला वनाउने साझा प्रतिवद्धता

सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलखले बर्ष भरी गरेका गतिविधिको सम्बन्धित सरोकारवालालाई जानकारी गराउने र उनीहरुबाटै कार्यक्रमको मूल्याँकन गर्ने उद्धेश्यले सामाजिक तथा लैङ्गिक परीक्षण कार्यक्रममा दैलेख जिल्लामा वाल विवाह मुक्त जिल्ला वनाउन साझा प्रतिवद्धता गरियो । सामाजिक परीक्षण कार्यक्रमले संस्थाको संस्थागत विकास, सामाजिक जवाफदेहिता र पारदर्शितामा बृद्धि हुने सहभागीले बताएका थिए ।
कार्यक्रमको प्रभावकारीता बढाउन र सूचनाको हकको प्रत्याभूति दिनका लागि सरकारी तथा गैह््र सरकारी संस्थाले वर्षमा एक पटक अनिवार्य सामाजिक परीक्षण गर्नुपर्ने व्यवस्था राज्यले गरेको छ । सोही कानुनी व्यवस्था अनुरुप सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखले हरेक वर्ष सामाजिक परीक्षण गर्ने गर्दछ । सामाजिक परीक्षणमा सहभागीले राखेका सुझावको आधारमा संस्थाको नीति तथा कार्यविधिमा सुधार गर्दै कार्यक्रमको प्रभाकारीतामा बृद्धि गर्दै लगिएको सस्थापक अध्यक्ष हीरासिँह थापाले बताए ।
विभिन्न दातृ निकायको साझेदारीमा संस्थाले ९ वटा परियोजना मार्फत समुदायका विपन्न, दलित, महिला तथा बालबालिकालाई सेवा दिइरहेको निर्देशक वषन्त श्रेष्ठले बताए । बालश्रम, बाल हिंसा, छाउपडी र बालविवाह न्यूनिकरण गर्नु संस्थाको मुख्य लक्ष्य रहेको उनको भनाई थियो । उनले थपे, जिल्लामा अहिले २ सय ८८ वटा बालविवाह रोकिएका छन् । टोल फ्रि नम्बर, महिला तथा बालबालिका सेवा केन्द्र र बाल हेल्पलाईन १०९८ (दश नौ आठ) को व्यवस्था गरिएको छ ।
पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, वातावरणका साथै जीविकोपार्जनमा संस्थाले विगत देखि काम गर्दै आएको श्रेष्ठले बताए । कार्यक्रमबाट लाभान्वित भएकाहरुको जीवनस्तरमा सुधार आएको छ । विपन्नहरु आवाज उठान गर्न सफल भएका छन् ।
संस्थाको नीति कार्यक्रमका साथै आगामी रणनीतिका बारेमा पनि श्रेष्ठको प्रतिवेदनमा प्रस्तुत गरिएको थियो । सामाजिक तथा लैङ्गिक समावेशीकरणमा संस्थाले गरेको प्रगति श्रेष्ठले प्रतिवेदनमा उल्लेख गरेका थिए ।
जिल्ला बाल सञ्जालकी उपाध्यक्ष विपना राना मगरले आर्थिक अभावले गर्दा बालबालिकाहरु होटलमा ज्याला मजदुरी गर्न बाध्य भएको बताईन् । उनले थपिन, दिनदिनै बालविवाह गर्नेको संख्यामा बृद्धि भईरहको छ । छाउपडीप्रथाले गर्दा किश्वरीको ज्यान अकालमा जाने गर्छ । अझै पनि बालबालिकाहरु विद्यालय बाहिरै छन् । राज्यले व्यवस्था गरे अनुरुपको बालबालिका लक्षित बजेट कहाँ जान्छ भनी विपनाले प्रश्न गरेकी थिईन् ।
त्यसैगरी भैरवी गाउपालिकाकी पार्वती थापाले स्थानीयस्तरमा रोगारी नहुदा युवाहरु विदेशीने गरेको गुनासो पोखिन् । उनले थपिन, हाम्रा गतिविधि आयआर्जन मुखि भईदिएको भए विदेशीने युवाहरुको संख्यामा कमि आउने थियो ।
महिला तथा बालबालिका लक्षित बजेट विनियोजन गरेको नारायण गरपालिका प्रमुख रत्नबहादुर खड्काले बताए । उनले थपे, २० वर्ष पछि भएको स्थानीय तहको निर्वाचनले नागरिकमा उत्साह पैदा गरेको भए पनि नयाँ संरचना अनुसारका कार्यविधि र ऐनको अभावमा काम गर्न गाह्रो भएको खड्काको भनाई थियो । विगतमा जसरी लक्षित वर्गलाई बजेट विनियोजन गरेर सडक र विद्यालयमा खर्च गरिन्थ्यो त्यो स्थिती अब नहुने खडकाले बताए ।
जिल्लामा आपतकालिन गृह निर्माण, संस्थाले सञ्चाल गर्ने गतिविधिमा लक्षित वर्गको सहभागीता बढाउने, नारायण नगरपालिकालाई बाल श्रममुक्त बनाउने, वेरोजगारीको समस्या समाधान गर्ने,विपद व्यवस्थापन र बालविवाहलाई न्यूनीकरण गर्ने लगायतका ७ बुदे सार्वजनिक प्रतिवद्धता कार्यक्रममा गरिएको थियो । उक्त कार्यक्रममा झण्डै १ सय ५० भन्दा बढी सरोकारवालाको सहभागीता रहेको थियो ।

प्रतिक्रिया