भारतको जयपुरवाट उद्धार बालकलाई कालिकोटमा परिवारलाई हस्तान्तरण

भारतको जयपुरवाट उद्धार बालकलाई कालिकोटमा परिवारलाई हस्तान्तरण

भारतको जयपुरबाट साउन ६ गते उद्धार गरेर ल्याइएका बालकलार्ई १० दिनपछि कालिकोटमा परिवारलाई हस्तान्तरण गरिएको छ । कालिकोट जिल्लाको पलाता गाउँपालिका साविकको थिर्पु गाविस ७ घर भएका सुवास विष्टलाई जिल्ला प्रशासन कार्यालय कालिकोटको रोहोवरमा अभिभावकको रोहोवरमा हस्तान्तरण गरी पारिवारीक पुर्नर मिलन कार्यक्रम गरिएको छ ।


जिल्लामा रहेका बालबालिका सम्बन्धी काम गर्ने विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्था, जिल्लामा रहेका संचारकर्मिहरुको उपस्थितिमा विष्टलाई हस्तान्तरण तथा पारिवारीक पुर्नर मिलन कार्यक्रम गरिएको हो । सुवासका कान्छा बाबु नाता पर्ने भरतराज विष्टले नीजलाई सरोकारवाला निकायको रोहवरमा बुझेका हुन । कार्यक्रमा जिल्ला बालकल्यण समिति कालिकोटका कार्यवाहक अध्यक्ष लालबहादुर मल्लको अध्यक्षतामा र प्रमुख जिल्ला अधिकारी गिरधारी सुवेदीको प्रमुख आथित्थ्य र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका सचिव नैन बहादुर शाहीको उपस्थितिमा जिल्ला प्रशासन कार्याललय कालिकोटमा कार्यक्रम संचालन गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं प्रमुख जिल्ला अधिकारी गिरधारी सुवेदीले बालकलाई उद्धार गरी आफ्न्तलाई हस्तान्तर गर्नु भनेको नितान्त मानविय धर्म भएको बताएका थिए ।
नेपालका बाहिर गएका हाम्रा आफ्न्तहरुबाट विलासिताका कुराहरु सुनि बालबालिका बहकीने र विदेशीने प्रचलनले हामीकहाँ ठूलो जगन्य रुपमा लिएको छ, यसमा अभिभावक सम्बन्धीत निकायहरुको ध्यानाकर्षन हुन सकेको छैन । यसमा हामी सरकारी निकाय गैरसरकारी निकाय, नीजि क्षेत्रको ध्यान गई रहको छैन बालबालिका महिलालाई कहि यातायातमा होस वा बाटोमा होस हिडिरहेको छ भने त्यसलाई सोधि खोजि गर्नु पर्ने बताए । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महसंघ शाखा कालिकाकोटका अध्यक्ष तुलाराम पाण्डे बालकको उद्धार पछि उनीहरुको शिक्षालाई निरन्तरता दिनको लागि सरकारवाला निकायले सोच्नु पर्ने बताए । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका कार्यसमितिका सचिव नैन शाहीले जोखिमा परेका बालबालिका, महिलाहरुलाई उद्धार गर्नको लािग बालअधिकारसँग सम्बन्धी रहेर काम गर्ने निकायहरुको एक अर्कामा सहकार्य हुनु पर्ने बताएका थिए । उनले सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले बालबालिका तथा महिलाको लागि अगुवा गैरसहकारी संस्थाको रुपमा काम गरेको बताउँदै विगतमा पनि भारतको विभिन्न स्थानमा अपपत्र अवस्थामा रहेका ३ जना बालको उद्धार गरेको बताएका थिए ।
सुवास विष्टलाई बाटो खर्चवापत जिल्ला बालकल्यण समिति कालिकोटले रु. २ हजार, सोसेक दैलेखबाट स्टेशनरीका सामाग्रीहरु र किडाक कालिकोबाट विद्यालय पोशाक, अन्य सामाग्रीको रु. ३ हजार दिने प्रतिवद्धता जनाएका थिए । बालकलाई हस्तान्तरण कार्यक्रमा नेपाल पत्रका महासंघ दैलेखका कोषाध्यक्ष प्रेमहादुर शाही, सोसेक दैलेखका कार्यक्रम संयोजक मानबहादुर थापा, सोेसेकका कर्मचारी प्रभा विक, चेतनकुमार विष्ट र कालिकोटट स्थित सम्पूर्ण पत्रकारहरु र सरोकारवाल निकाय, सेभद चिल्डेनको सहभागिता रहको थियो ।

प्रतिक्रिया