नवलपरासीमा बढीको प्रभाव दर्जनौ घरहरु ठुबान मा

नवलपरासीमा बढीको प्रभाव दर्जनौ घरहरु ठुबान मा

सहबान अन्सारी

नवलपरासीमा अबिरल बर्षाका कारण करिब १ दर्जन घर हरु ठुबानमा परेको छ! नवलपरासीको सुस्ता गाउपा लिका वडा नं.३ सेखुअनवामा र फेनहरामा गएराती करिब ११ बजे एक्कासी पानी पसेको थियो !

गए राती सेखुअनवा स्थित रैपुरवा खोलाको पानीको सतह बढेपछी खोलाको पश्चिमी बाध करिब ५०० मिटर फुटे पछी खोलाको पानी गाउमा पसेको पिपरपाती परसौनी जल उपभोक्ता समितिका अध्यक्ष लोरीक यादवले बताउनु भयो! खोलाको किनारमा रहेको दर्जनौ घर, विध्यालय,सार्वजनिक भवन, मन्दिर लगायत हरुमा लाखौको क्षति भएको यादवले बताउनु भयो! रातीको समयमा गाउमा पानी पसेपछि खाधान, लताकपडा,अावश्यक कागजात लगायत सामग्रीहरुमा क्षति पुगेको स्थानियहरुले गुनासो गरेका छन! अहिले प्रतापपुर कुडीया भित्री सडक खण्डमा पानीको प्रभाव परेको हुदाँ पुर्णरुपमा यातायात बन्द गरिएको छ! साथै बाढीबाट प्रभावित भएका सयौं मानिसहरु सुरक्षित ठाउँमा जान बाध्य भएका छन!

प्रतिक्रिया