नगरप्रमुख लाई चिठी : छाउपडी नगरपालिकाका कि चामुण्डा विन्द्रासैनी नगरपालिका

          |   प्रकाशित मितिः आइतवार, साउन २२, २०७४     ::: 3371 पटक पढिएको   |  

निर्मल अधिकारी

श्री नगर प्रमुख ज्यू,
चामुण्डा विन्द्रासैनी नगरपालिका, दैलेख

मलाई तपाईले रामो सँग त चिन्नुहुन्न होला । म एउटा सामाजिक अभियान्ताको रुपमा काम गर्ने दैलख वासी नै हु । तपाईको नगरपालिकामा विगत २ महिनाको अन्तरालमा २ जना चेलीले छाउपडी बसेकै अवस्थामा अकालमै ज्यान गुमाए । त्यसमा तपाई पक्कै पनि जानकार हुनुहुन्छ । त्यसको समाचार स्थानीय तथा राष्ट्रियस्तरका पत्रपत्रिकामा समेत देख्न र पढ्न पाईयो । म अहिले सुन्दैछु, दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकालाई छाउपडी नगरपालिका भन्दैछन् अरे । अब त्यो छाउपडी नगरपालिकालाई कसरी चामुण्डाविन्द्रासैनी नगरपालिकाको रुपमा चिनाउने त्यो जिम्मेवारी तपाई हाम्रै काधमा छ ।
मलाई जानकारी छ, चामुण्डाविन्द्रासैनी नगरपालिकामा शिक्षित नागरिकहरुको पनि ठुलै जमात छ । यो भन्दा अगाडी २ जना व्यवस्थापिका संसद र जिल्ला विकास समितिको सभापति त्यसै नगरपालिका बाट हुनुहुन्थ्यो । त्यसैगरी स्थानीय, जिल्ला र केन्द्रिय तहमा राजनीतिक नेतृत्व गर्नेहरुको पनि लामै सूचि छ । मैले सुनेको छु राजनैतिक, सांस्कृतिक र धार्मिक दृष्टिकोणले पनि तपाईको नगरपालिका सम्पन्न छ । चन्द्रमा भित्र पनि दाग हुन्छ भने जस्तै सबै कुराले सम्पन्न नगरपालिका भित्र यती ठुलो कुसंस्कार रहेछ । छाउपडी जस्तो अमानविय प्रथाको अन्त्यका लागि पक्कै पनि तपाईले केही गर्न सक्नु हुन्छ भन्ने आशा छ । जसले गर्दा छाउपडीकै कारण अरु चेलीले ज्यान गुमाउनु पर्ने छैन् ।
विकास भौतिक संरचना मात्रै होइन् । विकास हुनको लागि विवेकशिल नागरिकको पनि आवश्यकता पर्छ । यदि भौतिक संरचनाले मात्रै विकास हुने भए विश्वमा ठुला ठुला युद्धहरु किन हुने थिए । विकास चेतना हो । विकास संस्कार हो । चेतना र संस्कार विनाको विकासले केही समयको लागि त राहत देला तर दिगो भने पक्कै बन्न सक्दैन् । हामी धारा निर्माण गर्छाै तर पाईप काटियो भने धारामा पानी बग्दैन् । धारामा पानी बगिरहनको लागि समुदाय चेतनशिल हुनुपर्छ । अब हामीले सभ्य र सम्बेदनशिल नागरिक बनाउने कि हरेक वर्ष पाईप खरिद गर्दै जाने ?
यो उदाहरण मात्रै हो । यस्तै खाले विकृति हाम्रो समाजमा धेरै छन् । विहान देखि बेलुकि सम्म दारु पिएर बजारमा हल्ला गर्नेहरुको संख्या उत्तिकै छ । अबैद्ध रुपमा विक्रि वितरण गरिने मदिराले नत नगरपालिकालाई कर बुझाउछन् नत समाजमा अमन चयन हुन्छ । घरघरै छाउपडी गोठहरु छन् । ति गोठहरुमा हरेक वर्ष महिलाहरुको मृत्यु हुने गर्छ । जातिय छुवाछुतको समस्या उस्तै छ । जहाँ दलितहरु तल्लो दर्जाको जीवन विताउन बाध्य छन् । घरनजिकैबाट गाडि गुडछ तर स्थानीयवासीले धुलो बाहेक अरु केही पाएका छैनन् ।
स्थानीय तहको पहिलो जननिवार्चित प्रतिनिधिको हैसियतले यति धरै समस्याका बावजुत पनि तपाईले केहि महत्वपूर्ण काम गर्नुछ । त्यो हो छाउपडी गोठ भत्काउनु र महिनावारी भएकालाई सुरक्षित वासको व्यवस्थापन गर्नु । हामी महिला अधिकारका कुरा गर्छाै तर हाम्रै घर भित्र हिँसा भईरहेको छ त्यो हामी देख्दैनौं । दोस्रो काम हो, अहिले आमजनमानसमा छाउपडी नगरपालिकाका रुपमा दर्ज भएको नामलाई मेटाएर सभ्य र समृद्ध चामुण्डाविन्द्रासैनी नगरपालिकाको रुपमा पहिचान बनाउनु । यसका लागि तपाईलाई राज्यले सबै अधिकार दिएको छ । यस्तो महत्वपूर्ण अवसरमा महिला, दलित, बालबालिका र विपन्न समुदायहरुको लागि तपाईबाटै केहि न केहि नयाँ कामको शुरुवात हुने छ भन्ने आशा गरेको छु ।

(लेखमा लेखिएका भावनाहरु लेखकका व्यक्तिगत विचार हुन । यस लेखमा लेखिएका विषयहरुको वारेमा संस्था र ज्वाला सन्देश अनलाईनको कुनै पनि संलग्नता रहने छैन ।)

(अधिकारी बाल संरक्षण अधिकृतको रुपमा काम गर्नुहुन्छ)



11 Comments on नगरप्रमुख लाई चिठी : छाउपडी नगरपालिकाका कि चामुण्डा विन्द्रासैनी नगरपालिका

  1. तपाइहरु जस्ता डलर खाने अभियन्ताले नसकेको भरखरै नव निर्वाचित प्रतिनिधिले त काम गर्लानी लेखक महाशय ।

  2. छाउपडि उल्मुलनका लागि डलरको खेती तिमिहरु जस्ता भुस्याहाले गर्दछौ । किन न्यूनिकरण भएन हो लेखक महाशय

  3. Hira Singh Thapa // August 7, 2017 at 8:06 am // Reply

    छाउपडि विषय सवैको साझा भएकोले यसमा सवैको भुमिका महत्वपुर्ण छ । नागरीक समाज, आमा समुह, निर्वाचित जनप्रतिनीधी सवै लागेमा छाउपडी जस्तो कु प्रथाको अन्त्य हुन्छ । सवैलाई चेतना भया

  4. dailekhbata aantya garnu parx chaaupadipartha

    • हामी सवै मिलेर दैलेखवाट छाउपडी जस्तो कु प्रथाको अन्त्य गर्नु पर्छ

  5. Hira Singh Thapa // August 8, 2017 at 2:07 am // Reply

    हामी सवै मिलेर दैलेखवाट छाउपडी जस्तो कु प्रथाको अन्त्य गर्नु पर्छ

  6. नेपाली केटाे // August 8, 2017 at 4:03 am // Reply

    भन्न जति सजिलाे छ गर्न त्यति गाराे पनि छ । तपाँर्इकाे घरमा छुर्इ मानिदैन भन्ने यथेष्ट प्रमाण के छ लेख महासय । अनि तपाँर्इ अभियान्ता हाे भने याे अभियान हिजाे किन चलार्इएन । अाज अाएर दातृ निकाय वाट डलर पाउने वित्तिकै अभियान्ता वन्ने तपाँर्इ कस्ताे अभियान्ता लाज लाग्दैन । के हिजाे छाउमा वस्ने महिलाकाे मृत्यु भएकाे थिएन र के अाज मात्र भएकाे हाे । तपाँर्इका अाँखाले त्यतिवेला काम गरेका थिएनन् र अाज देख्नु भाे । दाम पाउने वित्तिक्कै अभियान्ता वन्ने यस्ता अभियान्ता याे समाजलार्इ चाँहिदैन किन भने भाेली डलर सकिने वित्तिकै र डाेनरले हात झिक्ने वित्तिकै तपाँर्इ नियती फेरी तेस्राे मुलुक नै त हाेला यसकाे तपाँर्इलार्इ चेतना भया ।

  7. Bhim Sijapti // August 8, 2017 at 4:05 am // Reply

    छाउपडि प्रथा अन्त्यका लागी सवैले हातेमालाे गराैँ ।

  8. jaya bista // May 27, 2022 at 8:31 pm // Reply

    छाउपडि छुवाछुत बालबिबाहा न्युनिकण जातिय छुवाछूत जस्ता जघन्य अपराध त नेपाल सरकार,शिक्षित ब्यातित्व सबै काे जिम्मेवार हाे जस्तो लाग्छ, यक सामाजिक अभियान्ता र सँघ,र सँस्थाले मात्रै गरेर उपलब्धि हुन्छ जस्तो लाग्दैन धेरै शिक्षित ब्यातित्व हरुले नै मनमस्तिकस नै छुवाछूत भन्दा बितिकै याे सँघ सँस्थाकाे कर्तव्य हाे जस्ताे माने साहुराे साेचका युबा हरु बाट बीक्रय देश हाे याे ।छुवाछूत लाई कहाँ डलर सँग जाेडियकाे छ महाेदय के नेपालकाे छुवाछूत ,तपाईं हामि जस्ता युबाहरु ले परिबर्तन गर्न लागि परेपछि सम्भब नहुने भनेहुन्छ । हामि छाउपडि,बालबिबाहा छुवाछूत जस्ता ऋियाकलाप डलर सँग हाेईन मान्छे काे मनमस्तिकस सँग तुलना गर्न जरुरि छ । नीर्मल दाजु हजुरकाे याे नगरलाई लेखेकाे चिठी अति सहरणिय छ अबस्य याे नगर हाेईन दैलेख का 11 वटा स्थानिय तहले महशुश गर्ने छन ।

Leave a comment

Your email address will not be published.


*