गर्चे वासिलाई सधै खोलाको पिर

गर्चे वासिलाई सधै खोलाको पिर

दुर्गा वि.सी.
सल्यान, बन्गाड कुपिण्डे नगरपालीकाको वडा ४ मा पर्ने गर्चे वजार खोला कटानको उच्च जोखिममा रहेको छ । गर्चे वजार लगाएतको खोला किनारका दर्जन घरहरु कटानको जोखिममा रहेको स्थानीय खिम वहादुर वुढाले वताए ।


गर्चे वजारमा रहेको खिमवहादुर वुढाको स्टाफ होटल,देववहादुर वुढाको पुर्णीमा नास्ता पसल,टिकाराम रानाको घर,त्यसै गरि उच्च मुल्य कृर्षि वस्तु आयोजनाद्धारा निर्मित तरकारी संकल केन्द्रको घर र अर्को तर्फ बन्गाडखोलाले सोहि स्थानका नर वहादुर वुढाको घर समेत खोला कटानको उच्च जोखिममा रहेको छ । उक्त खोला किनारमा तटवन्धन नहुदाँ वर्षेनी खोलो वजारमा पसेर क्षती गर्ने गरेको स्थानीय देव वहादुर रानाले वताए । खोलामा वलियो तटबन्धनको लागि सवै पक्षसँग माग गरे पनि यो वस्तीको लागि कसैले चासो नदिएको रानाको दुखेसो छ ।
वर्षेनी आउने झ्याउ खोलोको पिरले यहाँका बजार वासि त्रसित हुने गरेका छन् । गर्चे वजार भएर आउने झ्याउ खोलाको मुख्य सिरान बन्गाड कै साविक वडा २ को विउर्यानी समेत पहिरोको उच्च जोखिममा रहेको छ । पहिरो रोक थाम गर्नको लागि धेरै उपाए अपनाए पनि वर्षेनी जमिनको भाग चिरा पर्ने क्रम रोकिएको छैन । गर्चे वासिका लागि सो पहिरोको डरसँगै उक्त खोलाको सधै चिन्ता लाग्ने गरेको छ । अर्को तर्फ बन्गाड खोलामा आउने वाढिले यो वर्षातमा धेरै क्षेती पुर्याएको छ । खोला किनारमा लगाएका जाली समेत वगाएको छ ।
बन्गाड खोला किनारमा पनि भरपर्दो तटवन्धन नहुदाँ खेतीयोग्य जमिनमा ठुलो क्षेती पुर्यान थालेको छ । तटबन्धन नहुदाँ सुरुमै भखरै रोपेको सयौ किसानको धान खेत खोलाले वगाएको थियो । पक्की तटबन्धन नहुदाँ बन्गाड आसपासका खेतीयोग्य जमिन वगरमा परिनत हुन थालेको देखिन्छ । जल उत्पन्नबाट तटवन्धनको लागि आएको जाली भरपर्दो र स्टेमेट अनुसार काम नहुदाँ धेरै ठाउँको जालीहरु खोलाले वगाएको छ ।

प्रतिक्रिया