दैलेखमा पनि राष्ट्रिय सुचना दिवश

दैलेखमा पनि राष्ट्रिय सुचना दिवश

दैलेख, भाद्र २ – १० अाैं राष्ट्रिय सुचना दिवश दैलेखमा पनि मनाईएको छ । जिल्ला प्रशासन कार्यालय दैलेखवाट शुरु भएको र्याली वजार परिक्रममा पछि जिसस दैलेखको सभा हलमा अन्तरक्रिया कार्यक्रम गरिएको थियो । कार्यक्रममा वोल्दै जिसस दैलेखका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथी प्रेम वहादुर थापाले दैलेखमा सुचना दिवश पहिलो पटक मनाउने कार्यको थालनी गरेकोमा प्रमुख जिल्ला अधिकारी प्रकास चन्द्र अधिकारीलाई धन्यवाद दिनु भयो । उहाँले थप्नु भयो “सामाजिक परिक्षण संघ संस्थाले गरेको देखिन्छ तर सरकारी कार्यालयले गरेको देखिदैन त्यसैले सवैले सामाजिक परिक्षणको थालनी गर्न आवस्यकछ ।”

कार्यक्रमको समापन गर्दै प्रमुख जिल्ला अधिकारी प्रकास चन्द्र अधिकारी

 

राष्ट्रिय सुचना दिवशको अवसरमा र्यालीले वजार परिक्रममा गर्दै

 

राजनैतिक दलको तर्फवाट वोल्दै नेकपा एमालेका लोमन शर्माले सुचनाको हक कार्यान्वयनमा गैससको महत्वयुर्ण भुमिका रहेको छ भन्नु भयो । उहाँले थप्नु भयो, “जिससलाई दैलेखको सुचना डेक्सको रुपमा विकास गर्नु पर्छ ।” कार्यक्रममा वोल्दै नारायण नगरपालिका प्रमुख रत्न वहादुर खड्काले सार्वजनिक निकायले गरेको कामको सुचनामा पहुँच नागरिकको हुनु पर्छ ।
त्यस्तै गैसस महासंघका अध्यक्ष महारुप खत्रीले सुचना मागेको वखत नागरिकले पाउने वाँचा आजको कार्यक्रममा गरे मात्र सुचना दिवश मनाएको सार्थक हुने वताउनु भयो । कार्यक्रम समापनको क्रममा कार्यक्रमका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारीले वर्तमान युग सुचनाको युग भएकोले सार्वजनिक निकायले गरेका कामको सुचनामा नागरिक पहुँच सजिलै गर्न जरुरी भएको वतानु भयो । उहाँले थप्नु भयो, “हरेक कार्यालयमा सुचना अधिकारी र सुचना शाखाको व्यवस्था गरिएको छ, यसवाट सुचनामामा नागरिकको पहँुच सजिलै हुने विस्वास गरिएको वताउनु भयो ।” सुचनाको हक नागरिकको मौलिख हक भएकोले यसमा नागरिकको सहजै पहुँच हुन आवस्यक रहेको र कार्यक्रम सपन्न गर्न सहयोग पुर्याउने जिसस, सोसेक लगायतलाई धन्यवाद दिदै प्रजिअ अकिकारीले कार्यक्रमको समापन गर्नु भयो ।
प्रमुख जिल्ला अधिकारी प्रकास चन्द अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रम टोप वहादुर वुढाले संचालन गर्नु भएको थियो भने निमित स्थानीय विकास अधिकारी दिल वहादुर शाहीले स्वागत गर्नु भएको थियो । कार्यक्रमलाई जिसस दैलेख, सामाजिक सेवा केन्द्र (सोसेक), नेपाल, दैलेख र सेवक दैलेखले सहयोग गरेका थिए ।

प्रतिक्रिया