तिजमा बालविवाह र छाउपडीकै कुरा

तिजमा बालविवाह र छाउपडीकै कुरा

परम्परागत रुपमा मनाउदै आएको तिजका गितहरुमा अहिले परिवर्तन हुदै आएको छ । चाडपर्वमा माइती जान नपाएको, सासुबाट बुहारीले दुःख पाएको जस्ता पिडा गित मार्फत पोखिने गरिन्थ्यो भने अहिले बालविवाह र छाउपडीबाट महिलामाथि हुने हिंसालाई न्यूनिकरण गर्ने सन्देश गित मार्फत सुनिन्थे ।


समाज बदलिदैछ । महिला माथि हुने हिसाँका प्रकृति पनि बदलिदैछन् । विगतमा पारिवारिक रुपले एउटा बुहारीले बोग्नु पर्ने पिडा अहिले त्यो भोग्नु पर्दैन् । तर, परम्परागत संस्कारका रुपमा मनाईदै आएका कतिप्रय प्रथाले महिलाको स्वास्थ्य जोखिममा परेको छ । त्यसैले गर्दा पनि समुदायमा हुने जुनसुकै कार्यक्रममा अहिले बालविवाह र छाउपडीकै कुरा सुन्न पाइन्छ ।
चामुण्डाविन्द्रासैनी नगरपालिकाले हरितालिका तिजको अवसरमा छाउपडीप्रथा विरुद्ध चेतना अभिबृद्धि गर्न तिज गित प्रतियोगिताको आयोजना ग¥यो । उक्त प्रतियोगितामा छाउपडीप्रथाले गर्दा महिलाहरुले भोगेका समस्यालाई उजागर गर्दै रोकथामका लागि पहल गर्न गितहरु गाइएका थिए ।
त्यसैगरी गुरास गाउपालिका वडा नं ४ सेरीकी गौरी वि.क.ले वडास्तरीय तिज गित प्रतियोगितामा बालविवाह गर्न नहुने सन्देश गित मार्फत दिएकि थिइन् । “विहेवारी २० वर्ष पारि” भन्ने मुल सन्देश उनको गितमा गुञ्जिन्थ्यो । वि.क.ले १ वर्ष अगाडी उमेर नपुगेरै गरेको विहे बालकल्वको सहयोगमा प्रहरीले रोकेको थियो । उनी अहिले कक्षा १० मा अध्ययन गर्छिन् । वि.क. भन्छिन् बालविहे गर्दा भविश्यमा हुने असर र कानुनी प्रक्रियाको बारेमा जानकारी नपाएरै विहे गरे । अब अध्ययन नै पहिलो प्राथमिकता भएको बताउने वि.क. आफ्ना साथीहरुलाई पनि बालविवाह नगर्न प्रेरणा दिदै छिन् ।
दैलेखको सुदुरपश्चिममा छाउपडी र बालविवाह अत्यधिक हुने गर्छ । छाउपडीले महिलाको मृत्यु भएको छ भने बालविवाहले सम्बन्ध विच्छेदका घटनाहरु बढ्दै छन् । अहिले तिजका गित उक्त समुदायमा पनि छाउपडी र बालविवाह रोकथामकै लागि सुनिने गर्थे । आठविस नगरपालिकाकी उपमेयर दिपा माझी भन्छिन् सासु बुहारीका कथा अधिकारसँग जोडिएका विषय हुन । तर छाउपडी र बालविवाह संस्कार र संस्कृतिसँग जोडिएको छ । अधिकारसँग जोडिएका विषयहरुमा त महिलाको पहुच पुग्दै छ तर संस्कार र संस्कृतिसँग जोडिएका विषयमा भने सफलता प्राप्त गर्न समय लाग्ने माझीको भनाई थियो । उनले थपिन्, यस्ता कुप्रथाको अन्त्यका लागि सबैको सहयोग आवश्यक पर्छ ।

प्रतिक्रिया