सोसेक २० औं वार्षिकोत्सव मनाउदै

सोसेक २० औं वार्षिकोत्सव मनाउदै

दैलेख, भदौ १० – विकट कर्णाली क्षेत्र समेत ६ नं.प्रदेशका झण्डै आधा दर्जन जिल्लामा सामाजिक जागरण र आवश्यकता अनुसार भौतिक सेवा सुविधा समेत उपलब्ध गराउदै आएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले आइतवार आफ्नो २० औं स्थापना दिवस मनाउदैछ ।
२०५४ साल भदौ ११ गते जिल्ला प्रशासन कार्यालय दैलेखमा दर्ता भएको यो संस्थाको स्थापना दिवसकै दिन पारेर हरेक वर्ष वार्षिक साधारण सभा तथा स्थापना दिवस बनाउने क्रममा आइतवार २० औं वार्षिक उत्सव मनाउन लागेको हो ।


कृषि, बन पैदावर, खाद्य सुरक्षा र जातीय विभेद विरुद्ध सामाजिक अभियान सुरु गरेको सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले गरिवी निवारण, सुशासन अभिवृद्धि, भौतिक निर्णाण, समुदायको आर्थिक उपार्जनका क्रियाकलापदेखि महिला अधिकार, बालबाअधिकार लगायतका विविध क्षेत्रमा काम गर्दै आएको छ ।
जिल्लामै पहिलो नमूना कामका रुपमा ‘हिंसा पीडित महिला तथा बालबालिका सेवा केन्द्र’ सञ्चालन गरेको, जोखिममा परेका बालबालिकाको उद्धार तथा सहयोगका लागि १०९८ (दश नौ आठ) नम्वरको बाल हेल्प लाइन सेवा लगायतका नितान्त परोपकारी काम गर्दै आएको यो संस्थाले सामुदायिक अग्रसरतामा अहिले बालविवाह रोकथान र छाउपडी बिरुद्धका कार्यक्रम केन्द्रित गरेको छ ।
सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको २० औं वार्षिक साधारण सभामा स्थानीय तहका जनप्रतिनिधि, सरकारी अधिकारीहरु, पत्रकार, विभिन्न पेशाव्यवसायी, नागरिक समाज, परियोजनागत सामुदायिक समूह तथा संस्थाहरुको सहभागिता रहने उक्त कार्यक्रम जिल्ला समन्वय समितिको सभाहलमा हुने अध्यक्ष मञ्ज कुमारी खड्काले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया