संस्थाको २० औं बार्षिक उत्सब तथा साधारण सभा सम्पन्न

संस्थाको २० औं बार्षिक उत्सब तथा साधारण सभा सम्पन्न

सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको २० औं बार्षिक उत्सब तथा साधारणसभा सम्पन्न भएको छ । ‘विहेवारी २० वर्ष पारी’, ‘बालबालिकाका कुरा सुनौ, बालश्रमलाई नाई भनौं’ भन्ने मुल नाराका साथ बार्षिक उत्सब तथा साधारण सभा सम्पन्न भएको थियो ।


आ.व. ०७३÷०७४ मा १० वटा कार्यक्रम÷परियोजनाहरुले दैलेख जिल्लाका ७ गाउपालिका ४ नगरपालिका र कालिकोट जिल्लाको पलाता गाउपालिकाको वडा नं १ देखि ६, पचालझरना गाउपालिकाको ६ देखि ९ सम्मा र अछाम जिल्लाको रहफ गाविसका समुदायहरु लाभान्वित भएको संस्थाका महासचिव झलक भण्डारीको प्रगति प्रतिवेदनमा उल्लेख गरिएको थियो । जोखिममा रहेका बालबालिकाको अधिकार रक्षाका लागि बाल हेल्पलाईन् १०९८ (दश नौ आठ), महिला हिंसा र जोखिममा रहेका बालबालिकाको लागि आकस्मिक आश्रय सहित सेन्टरको स्थापना, २ सय ८८ वटा बालविवाह रोकथाम र बालश्रम न्यूनिकरणका लागि जिल्ला बाल कल्याण समितिसँगको सहकार्यमा अनुगमन तथा उद्धारजस्ता महत्वपूर्ण कार्य संस्थाले सम्पन्न गरेको झलक भण्डारीले बताए ।
त्यसैगरी आ.व.२०७३÷०७४ को बास्तविक खर्च, आ.व. ०७४÷०७५ को अनुमानित चालु खर्च र ०७५÷०७६ को प्रस्तावित बजेटसहितको आर्थिक प्रतिवेदन संस्थाकि कोषाध्यक्ष दुर्गा श्रेष्ठले प्रस्तुत गरेकि थिईन् । उनको प्रतिवेदनमा आ.व.२०७३÷०७४ को वास्तविक खर्च ४ करोड ९९ लाख ६१ हजार १ सय ७७, आ.व. ०७४÷०७५ को अनुमानित बजेट ५ करोड १३ लाख ९७ हजार ८ सय ९६ र आ.व.०७५÷०७६ को प्रस्तावित बजेट ५ करोड ४९ लाख ५९ हजार ५ सय १ रहेको उल्लेख गरिएको थियो ।
त्यसैगरी आ.व. २०७४÷०७५ को लागि संस्थाको आन्तरिक कोष तर्फको बजेट २४ लाख ८९ हजार २ सय रहेको श्रेष्ठले बताईन् । संस्थाका साधारण सदस्यहरुको सदस्यता शुल्क, नेपाल सरकार, दातृ निकायको सहयोग र संस्थाले प्रकाशित गरेका सामाग्रीनै संस्थाको आम्दानीको श्रोत रहेको श्रेष्ठको भनाई थियो ।
‘हामी जसका लागि काम गर्छाै त्यसै समुदायको लागि सामाजिक संघ÷संस्था उत्तरदायी हुनुपर्ने’ कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका संयोजक प्रेमबहादुर थापाले बताए । उनले थपे, ‘सामाजिक संघसंस्था र सरकारी निकायहरुको समन्वयले मात्रै विपन्न समुदायमा सार्वजनिक सेवा र वस्तुको प्रभावकारी पहुँचमा बृद्धि गर्न सकिन्छ ।’
‘लामो समयको अन्तराल पछि स्थानीय तहमा जनप्रतिनिधिको उपस्थितिले नागरिक खुसि भएको बताउदै कार्यक्रमकी अतिथि तथा मदन पुरस्कार प्राप्त राधा पौड्यालले भनिन् ‘स्थानीय तहले महिलाको सवालमा काम गर्न आवश्यक छ ।’ ‘राज्यको आधा जनसँख्या ओगटेका महिलाले अहिले पनि उपेक्षित र अपहेलित भएर बाच्नुपर्ने बाध्यता रहेको हुदाँ छाउपडी लगाएत महिला विरुद्धका अन्यायलाई हटाउन स्थानीय जनप्रतिनिधको महत्वपूर्ण भूमिका रहेको पौड्यालको भनाई थियो ।’ उनले भनिन्, ‘चामुण्डाविन्द्रासैनी नगरपालिकाले आगामी १ वर्ष भित्र उक्त नगरपालिकालाई छाउपडीमुक्त बनाउने प्रतिवद्धता गरेको छ, ’त्यसैगरी नारायण नगरपालिका कदम चालोस भन्ने हाम्रो चाहना हो ।
बालविवाह, बालश्रम न्यूनिकरण लगाएत महिला हिँसा विरुद्धको कार्यमा उल्लेखनिय भूमिका निभाए वापत १ दर्जन भन्दा बढीलाई सम्मान गरिएको थियो । संस्थागत क्षमता विकास, सुशासन, पारदर्शिता र जवाफदेहिताको क्षेत्रमा कामगरे वापत सहयात्रा परियोजनाका परियोजना अधिकृत निर्मल अधिकारी सम्मानित भएका थिए । संस्थाले लिएका लक्ष्य उद्देस्य परिपुर्ति गर्न सहयोग गरेको भन्दै प्रमुख जिल्ला अधिकारी प्रकास चन्द्र अधिकारी, महिला विकास अधिकृत अनिता ज्ञवाली, प्रहरी उपरिक्षक केदार रजौरे, वाल अधिकार श्रोत व्यक्ति डम्वर वहादुर रोकाय, सेभ द चिल्डुेका वरिष्ट कार्यक्रम संयोजक आत्माराम भटुटराईलाई पनि सम्मान गरको थियो । त्यसैगरी जिल्लामा मिडियाको क्षेत्रमा उल्लेखनीय भूमिका निभाए वापत धमाका राष्ट्रिय दैनिकका विष्णु शर्मा र रेडियो दुल्लूमा गोपी प्रसाद चौलागाई र परिवर्तन दैनिकका हिक्मत कुमार नेपाली लाई बाटु थापास्मृती पुरस्कारबाट सम्मानित गरिएको थियो । सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका संस्थापक अध्यक्ष हीरासिंह थापाले आफ्नो आमाको सम्झनामा स्थापना गरेको बाटु थापा स्मृती पुरस्कार हरेक वर्ष संस्थाको साधारण सभामा महिला तथा बालबालिकाको क्षेत्रमा कलम चलाउने २ जना सक्रिय पत्रकारलाई नगद रु. १० हजारका साथै प्रमाणपत्र र दोसल्लाले सम्मान गर्ने गरिएको छ ।
१० हजार नगद, प्रमाणपत्र र दोसल्लाबाट सम्मानित गर्ने बाटु थापा स्मृति पुरस्कार सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका संस्थापक अध्यक्ष हीरासिंह थापाले आफ्नो आमाको सम्झनामा स्थापना गरेका हुन । उक्त पुरस्कारबाट बालबालिकाको क्षेत्रमा कलम चलाउने २ जना सक्रिय पत्रकारलाई प्रत्येक वर्ष सम्मान गरिन्छ ।

 

 

प्रतिक्रिया