तिजको बत्र बाटै छाउपडी पथ्रा नमान्ने प्रतिबदता, शुरू भाे स्वस्थ महिनावारी अभियान

तिजको बत्र बाटै छाउपडी पथ्रा नमान्ने प्रतिबदता, शुरू भाे स्वस्थ महिनावारी अभियान

हिन्दुनारीहरुको माहान चाडको अवसरमा दुल्लु नगरपालिकामा भएका विभिन्ना जनचेतना मुलक कार्यक्रममा १४० जना भन्दा बढी दिदिबहिनिहरुले तिजको बत्र बसेको दिनमा नै छाउपडि प्रथा अन्त्य गर्ने प्रतिबदता गरेकाछन । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेको सहजिकरणमा तिजको अवसर पारी पुर्ण सरसफाइ तथा छाउपडि प्रथा अन्त्य गर्ने सम्बन्धि तिज बिषेश कार्यक्रम दुल्लु न.पा.का सम्पुर्ण माध्यमिक स्तरीय तिज गित प्रतियोगितामा विभिन्ना विध्यालयबाट सहभागी भइ छाउपडि प्रथा सम्बन्धि जनचेतना मुलक गित तथा अभिनय सन्चालन गरीएको थियो ।


तिजकै दिनको अवसर पारी जय तिहाडी युवा कल्ब को आयोजना तथा सामजिक सेवा केन्द्र(सोसेक) नेपाल दैलेख र स्याक नेपाल सुर्खेत, को सहजिकरण तथा समन्वय , हेल्भेटास नेपाल र दुल्लु नगरपालीका वडा नं ३ वडा कार्यलयको समन्वय मा मर्यादित तथा सुरक्षीत महिनावारी सरसपmाइ व्यवस्थापन सम्बन्धि तिज विषेश कार्यक्रममा बोल्दै महिला संजालको अध्यक्ष सावित्रि उपाध्यले भन्नु भयो “महिनावारी हुदा बाहीर बस्नुपर्छ भन्ने कुनै सस्कार होइन त्यो त नारी माथि गरीएको अन्याय हो । ” उनले आज देखी आफु र आप्mनो परीवारका सदश्य हरु महिनावारी हुदां घर भित्र बस्ने र दही दुध खाने गर्ने बताइन । कार्यक्रममा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका फिल्ड निरीक्षक महेन्द्र राज अधिकारी ले “महिनावारी हुनु पाप होइन यो ता भगवानको र्बदान हो”। भन्दै कुनै पनि भगावानले छुइ भन्दैन यो त हाम्रो समाजले बनाएको कुसंस्कार हो । उहाले भन्नु भयो तपाइ हामी सबै हिन्धु धर्म मान्नेहरु ले मानेका देवताले पनि हाम्रो राम्रोको लागी गर्ने भएकाले देवि देवताले छाउ मान्नु पर्छ भन्दैन्न ।
उक्त कार्यक्रममा हेल्भेटास नेपालका अनुगमन तथा मुल्याङकन अधृकित रुविका श्रेष्ठ ले आफुपनि हिन्धुनारी भएकाले हिन्धु धर्मअनुसारका सबै संस्कार पुरा गरेको तर कतै पनि छाउ मान्नु पर्छ भन्ने नभको बताउनु भयो । महिनावारी हनु नारीको शारिरीक विद्ध विकास संगै भएको एक प्रकृतक नियम भएकाले हामिले यसलाइ श्रीष्टी बचाएको भन्दै राम्रो मान्नु पर्ने बताउनु भयो । उहाले आज बाट कति आमा दिदिबहिनि हरु छाउपडि प्रथा लाइ मान्नु हुन्न वा अन्त्य गर्न चाहानु हुन्छ भन्दा दुल्लु नगरपालीका वडान नं ३ का करीव १५० जना महिला दिदि बहिनिले एक ठाँउमा जम्म भइ हात उठाउदै भन्नु भयो आज नारीको बिषेश चाड तिजको बत्र लाइ साचि राख्दै आज देखि हामि छाउपडि मान्दैनौ र अरुलाइ पनि नमान्न सल्लाहा दिन्छौ भन्दै आप्mनो एकता सहित प्रतिवदता व्यक्त गर्नु भयो ।

 

प्रतिक्रिया