तियारी थानलाई साक्षी राखेर महिलाहरुले भने “अब छाउपडि प्रथा मान्दैनौ”

तियारी थानलाई साक्षी राखेर महिलाहरुले भने “अब छाउपडि प्रथा मान्दैनौ”

दैलेख, महिलाहरुको महान पर्व हरितालिका तिजको अबसरमा जिल्लामा धेरै कार्यक्रमहरु भए । जिल्लामा विगत वर्षका तिज भन्दा यस वर्षको तिज भिन्न रह्यो । जिल्लामा विशेष गरि सामाजिक रुपमा रहेको कुसस्कारलाई हटाउनका लागि संदेश मुलक तिज गाँउदै पर्व मनाइएको थियो । विभिन्न स्थानीय तहमा यस्ता कार्यक्रमहरु गरिए । कुप्रथाको रुपमा मानिएको छाउपडि प्रथा अन्त्यका लागि चेतना मुलक कार्यक्रमहरु धेरै भए । स्थानीय तहमा निर्वाचित जनप्रतिनीधीहरुको सहभागितमा विभिन्न गाउँ बस्ती र टोलमा स्थानीय महिलाहरुको सहभागितामा छाउपडि प्रथा नमान्ने घोषणा समेत गरे । तिजको अबसरमा दुल्लु नगर, डुङ्गेश्वर गाँउपालि, चामुण्डा विन्द्रासैनी नगरपालिका लगाएतका स्थानीय तहमा सुरक्षित महिनावारी र छाउपडि प्रथा विरुद्धको संदेश मुलक गित समेटिएका कार्यक्रमहरु भए ।
तिजकै अबसरमा दुल्लु नगरपालिकामै भएका विभिन्न चेतना मुलक कार्यक्रममा सहभागि महिलाहरुले तिजको वत्र बसेकैे दिनमा छाउपडि प्रथा अन्त्य गर्ने प्रतिबद्धता गरेका गरे । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको सहजिकरणमा भएको पुर्ण सरसफाइ तथा छाउपडि प्रथा अन्त्यका प्रतियोगिता भएको थियो ।


दुल्लु नगरको वडा नं. ३ मा रहेको तियारी थान परिषरमा भएको कार्यक्रममा महिलाहरुले छाउपडि प्रथा नमान्ने घोषणा नै गरे । नगरभित्रका सम्पुर्ण माध्यमिक विद्यालय स्तरिय तिज गित प्रतियोगितामा विद्यालयमा अध्यानरत विद्यार्थी मात्र नभएर स्थानीय महिलाहरुले छाउपडि प्रथा परम्परागत मान्यता मात्र भएकोले यसलाई मान्न नहुने चेतनामुलक गित मार्फत स्थानीय समुदायलाई सचेत समेत बनाए ।
हरितालिका तिजकै अबसरमा जय तिहाडी युवा कल्ब को आयोजना तथा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको सहजिकरण, हेल्भेटास नेपाल र दुल्लु नगरपालीका वडा नं ३ को समन्वय मा मर्यादित तथा सुरक्षीत महिनावारी सरसफाई व्यवस्थापन सम्बन्धि तिज विषेश कार्यक्रम गरिएको थियो । कार्यक्रममै महिलाहरुले छाउपडि प्रथा नबार्ने घोषणा गरे । महिला संजालको अध्यक्ष सावित्रि उपाध्यायले महिनावारी हुँदा बाहीर बस्नुपर्छ भन्ने कुनै संस्कार होइन त्यो त नारी माथि गरीएको अन्याय भएको बताइन् । उनले भनिन् “अब देखी आफु र आफ्नो परिवारका सदस्यहरु महिनावारी हुँदां घर भित्र बस्ने र दही दुध खान सक्ने वातावरण सृजना गर्नुपर्छ । ”
सोसेक नेपाल दैलेखका फिल्ड निरीक्षक महेन्द्रराज अधिकारी ले महिनावारी हुनु पाप नभई महिलाहरुको प्राकृतिक रुपमा भएको एउटा प्रक्रियामात्र भएको बताए । उनले भने “भगवानले छुई भन्दैन, यो त हाम्रो समाजले बनाएको कु–संस्कार हो, तपाइ हामी सबै हिन्धु धर्म मान्नेहरुले मानेको देवताले पनि हाम्रो राम्रोको लागी गर्ने भएकाले देवि देवताले छाउ मान्नु पर्छ भन्दैन्न ।”
हेल्भेटास नेपालका अनुगमन तथा मूल्याङ्गकन अधिकृत रुविका श्रेष्ठले आफु हिन्दुनारी भएकाले हिन्दु धर्म अनुसारका सबै संंस्कार पुरा गरेको तर कतै पनि छाउ मान्नु पर्छ भन्ने नभएको बताइन् । उनले महिनावारी हुनु नारीको शारिरीक बृद्धि विकास संगै भएको एक प्राकृतिक नियम हो । उनले भनिन् “हामिले यसलाइ श्रृष्टि बचाएको भन्दै राम्रो मान्नु पर्छ ।” जिल्लामा भएका विभिन्न कार्यक्रमहरुमा सहभागि महिलाहरुले नारीको बिषेश चार्ड तिजको बत्र संगै अब देखि आफुहरुले छाउपडि नमान्ने घोषणा गरे । अहिले पनि जिल्लामा धेरै जसो स्थानीय तहमा छाउपडि प्रथा मान्निछ । देउता रिसाउने भन्दै यो प्रर्था जिल्लामा अझै पनि कायमै रहदाँ यस्ता सार्वजनिक कार्यक्रममा गरिएको प्रतिबद्धता कार्यान्वयनमा जोड दिएमा मात्र छाउपडि प्रथा अन्त्य हुने देखिन्छ ।

 

प्रतिक्रिया