मानव बेचविखन तथा ओसार पसार विरुद्धको ११ औं राष्ट्रिय दिवस सम्पन्न

मानव बेचविखन तथा ओसार पसार विरुद्धको ११ औं राष्ट्रिय दिवस सम्पन्न

‘अवको गन्तव्य ः मानव वेचविखनको अन्त्य’ भन्ने मूल नाराका साथ मानव बेचविखन तथा ओसार पसार विरुद्धको ११ औं राष्ट्रिय विवस सम्पन्न भएको छ । जिल्लास्थित सरकारी तथा गैह्रसरकारी संघ संस्थाको आयोजनामा मानव बेचविखन तथा ओसार पसार विरुद्धको ११ औं राष्ट्रिय दिवस मनाईएको हो ।

मानव बेचविखन तथा ओसार पसार विरुद्धको ११ औं राष्ट्रिय दिवसको समापन गर्दै सहायक प्रमुख जिल्ला अधिकारी प्रदिप कुमार ढकाल
मानव बेचविखन तथा ओसार पसार विरुद्धको ११ औं राष्ट्रिय दिवसमा वोल्दै नारारण नगरपालिका दैलेखका उप प्रमुख सावित्रा मल्ल
मानव बेचविखन तथा ओसार पसार विरुद्धको ११ औं राष्ट्रिय दिवसमा वोल्दै स्थानीय विकास अधिकारी डिलाराम पंथी
मानव बेचविखन तथा ओसार पसार विरुद्धको ११ औं राष्ट्रिय दिवसमा वोल्दै नेपाल महिला संघका सभापति सीता कुमारी राना


किन्ने वा वेच्ने ब्यक्ति र कुनै प्रकारको फाइदा लिइ वा नलिई वेश्यावृत्तिमा लगाउने ब्यक्ति एउटै भएमा नीजलाई किने वा बेचे वापत कुनै प्रकारको फाइदा लिइ वा नलिई बेश्यावृत्तिमा लगाए वापत छुट्टा छुट्टै कानुनी सजायको व्यवस्था भएको सहायक प्रमुख जिल्ला अधिकारी प्रदिप कुमार ढकालले बताए । उनले थपे, मानव बेचबिखन तथा ओसारपसार सम्बन्धि कसुर कुनै पनि सार्वजनिक पद धारणा गरेको ब्यक्तिले गरेको भएमा नीजलाई सो कसुर गरे वापत हुने सजायको अतिरिक्त सो सजायको २५ प्रतिशत थप सजाय हुन्छ ।
प्रलोभनमा पारेर, परिवारकै स्वीकृतिमा महिला दिदी बहिनीहरुलाई अपराधी समूहले ओसारपसार गर्ने गरेको बताउदै स्थानीय विकास अधिकारी डिलाराम पंथीले भने कुनै पनि उद्धेश्यले मानिस बेच्ने वा किन्ने, कुनै प्रकारको फाइदा लिइ वा नलिई वेश्यावृत्तिमा लगाउने लगायतका कार्य मानव बेचविखन तथा ओसार पसार विरुद्धको कार्य हो । उनले थपे, नक्कली विवाह, आय आर्जनको आकर्षण, आफ्न्तकहाँ पु¥याइदिन्छु भन्ने, सर्कसमा खेलाउने बहाना, अङ्ग प्रत्यारोपण र औषधी वा लागु पदार्थ खुवाई लैजाने लगायतका कार्य अहिले पनि भैरहेका छन् ।
खुल्ला सिमानाले गर्दा नेपालमा मानव बेचविखन तथा ओसार पसार कार्यमा बृद्धि भएको नेपाल महिला संधका सभापति सिता रानाको भनाई थियो । उनले थपिन्, मानव बेचविखन विरुद्ध विभिन्न कार्यहरु भैरहेका छन् । अपराधिले बनाएका विभिन्न योजनामा ग्रामिण क्षेत्रका दिदीबहिनीहरुले दुःख भोगिरहेका छन् ।
जिल्लाका राकमकर्णाल, सिगौडी, लालीकाडा, जम्मुकाँध, पिलाडी, सेरी, भैरीकालिकाथुम, बाँसी, बडाखोला लगायतका स्थानमा पनि मानव बेचविखन तथा ओसारपसार सम्बन्धिका अभियानहरु सञ्चालन भएका छन् ।
कार्यक्रम महिला तथा वालवालिका कार्यालय, जिल्ला समन्वय समिति, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले आयोजना गरेको कार्यक्रमको अध्यक्षता सहायक प्रमुख जिल्ला अधिकारी प्रदिप कुमार ढकाल गर्र्नु भएको थियो भने सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका रमा श्रेष्ठले संचालन गरेका थिए ।

प्रतिक्रिया