बाँकेमा मिस कलेज हुँदै

बाँकेमा मिस कलेज हुँदै

यही भदौ ३१ गते नेपालगन्जमा मिस कलेज बाँके–२०१७ आयोजना हुने भएको छ । नाईल ईभेन्ट एण्ड म्यानेजमेन्टको आयोजनामा नेपालगन्जमै पहिलो पल्ट मिस कलेज बाँके आयोजना हुन लागेको हो । मिस कलेजको पहिलो संस्करणमा १६ प्रतियोगीको सहभागिता रहेको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

पत्रकार सम्मेलनमा मिस कलेजबारे जानकारी गराउँदै आयोजक सदस्यहरु ।

पत्रकार सम्मेलनमा मिस कलेजबारे जानकारी गराउँदै आयोजक सदस्यहरु ।

मिस कलेज बाँकेको उपाधि बिजेताले करिब ३ लाख रुपैयाँको ईटालीजेट स्कुटी, फस्ट रनरअपले ल्यापटप र सेकेन्ड रनरअपले एलईडी टेलिभिजन प्राप्त गर्ने आयोजकको भनाई छ । त्यस्तै अन्य आठ विधामा उत्कृष्ठ हुनेहरुले पनि आकर्षक गिफ्ट ह्याम्पर पाउने छन् । मिस ट्यालेन्ट, मिस फोटोजेनिक, बेस्ट पर्सनालिटी, मिस कन्फिडेन्स, बेस्ट ड्रेस, भ्यूअर्स च्वोईस र मिस मल्टिमिडिया विधामा पहिलो हुनेले आकर्षक क्वालिटी प्रोडक्ट प्राप्त गर्ने नाईल ईभेन्ट एण्ड म्यानेजमेन्टका प्रेसिडेन्ट प्रविण गिरीले जानकारी दिए ।

 मिस कलेज बाँकेका प्रतियोगिहरु ।

मिस कलेज बाँकेका प्रतियोगिहरु ।

१६ बर्षदेखि २४ बर्ष उमेर समूहमा रहेका प्रतियोगिहरु विभिन्न जाती÷समुदायबाट प्रतिनिधित्व गर्छन् । यस किसिमको प्रतियोगितामा सम्भवत पहिलो पल्ट मुस्लिम र शिख समुदायका युवतीहरुले पनि प्रतिनिधित्व जनाउँदैछन् । मिस कलेज बाँकेको कोरियोग्राफी प्रज्ञा तिवारीले गर्दैछिन् ।

कोरियोग्राफर प्रज्ञा तिवारीसहित प्रतियोगिहरु ।

कोरियोग्राफर प्रज्ञा तिवारीसहित प्रतियोगिहरु ।

प्रमाणपत्र तह प्रथम बर्षदेखि स्नातक तह चौथो बर्षसम्मका युवतीहरु मिस कलेज बाँकेका लागि ¥याम्पमा उत्रँदैछन् । प्रतियोगिहरुको आत्मविश्वास बढाउन र समाजका विविध पक्षबारे जानकारी गराउन उनीहरुलाई बन्द प्रशिक्षणमा राखिएको छ । विभिन्न विधाका विज्ञहरुले प्रतियोगिहरुलाई प्रशिक्षण दिईरहेका छन् ।

मिस कलेज बाँके सम्पन्न गर्न करिब १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको आयोजकको भनाई छ । मिस कलेजको मुख्य स्पोन्सर क्लासिक ह्विल रहेको छ भने स्पोन्सरहरुमा एस्पर्ट एजुकेशन, गोर्खा बु्रअरी, अम्बे फर्निसिङ, सुप्रिम ड्रिङ्किङ् वाटर लगायत रहेका छन् ।

प्रतिक्रिया