बाँकेमा राज्य मन्त्रि कर्ण बहादुर विकको अनुगमन

बाँकेमा राज्य मन्त्रि कर्ण बहादुर विकको अनुगमन

नेपालगन्ज उपमहानगरपालिकाका ३ ठाउँमा आपुर्ति राज्य मन्त्री कर्ण बहादुर विकले आज अनुगमन गर्नुभएको छ ।
नेपालगन्जको साल्ट टे«डिङ, नेपाल खाद्य संस्थान र डिके मिट सप्लायर्समा अनुगमन गरिएको हो । अनुगमनका क्रममा धम्बोझी स्थित डिके मिट सप्लायर्समा नाप तौल विभागको स्टिकर नरहेको तराजु पाईएको छ । नापतौलले दिएको स्टिकर नभएकोले अवैध ठहरिएको कारण तराजु नियन्त्रणमा लिएको नाप तौल कार्यालय नेपालगन्जका प्रमुख सम्भु कुमार झाले बताउनुभयो । ३ दिनमा कार्यालयमा प्रमाणसहित उपस्थितिको लागि बोलाएको छौ ३ दिनभित्र नआएमा कानुनी कारवाही अगाडी बढाउने प्रमुख झाले बताउनुभयो । कोल्ड स्टोरमा राखेको मासुमा पनि झीगा भन्कीएको हुनाले त्यसको सुधारको लागि निर्देशन दिईएको छ । यस्तै साल्ट ट्रेडिङमा भौतिक संरचना सुधारेर कार्य गर्न निर्देशन दिनुभएको छ ।

प्रतिक्रिया