आठविसमा मानव वेचविखन तथा ओसार पसार विरुद्धको ११ औ राष्ट्रिय दिवश

आठविसमा मानव वेचविखन तथा ओसार पसार विरुद्धको ११ औ राष्ट्रिय दिवश

राकम कर्णाली, दैलेख, मानव वेचविखन तथा ओसार पसार विरुद्धको ११ औ राष्ट्रिय दिवश आज राकम कर्णालीमा र्याली तथा कार्यक्रम आयोजना गरि मनाईयो । अवकाे गन्तव्यः मानव वेचविखनकाे अन्त्य, भन्ने मुला नाराका साथ जन ज्योति मावि राकम कर्णालीवाट शुरु भएको र्याली वजार परिक्रममा पछि आठविस नगरपालिकको प्रांगणमा कार्यक्रम गरि सम्पन्न गरिएको थियो ।

आठविसमा मानव वेचविखन तथा ओसार पसार विरुद्धको ११ औ राष्ट्रिय दिवशका वोल्दै आठविस नगरपालिकाका उप प्रमुख दिपा वोहोरा

कार्यक्रममा वोल्दै आठविस नगरपालिकाका उप प्रमुख दिपा वोहोराले मानव वेचविखन तथा ओसार पसार भनेको कलंग हो यसलाई हामीले रोक्नु सवैको कर्तव्य हुन जान्छ । उहाँले अगाडी थप्नु भयो “मानव वेचविखन तथा ओसार पसारमा वढी प्रभावित महिला तथा वालवालिका हुने गरेको तथ्यांकले देखाउछ त्यसैले यस विरुद्ध लाग्नु पर्ने वताईन ।”
मानव वेचविखन तथा ओसार पसारको बारेमा, हुने कारण, यसबाट यरेको असर र यसलाई न्यूनीकरण गर्ने उपायको वारेमा सवैलाई जानकारी गराएको कुरा सोसेकका सामाजिक परिचालक लक्ष्मि चलाउनेले वताईन ।
बालविवाह र यसबाट पर्ने असरको वारेमा अभिमुखीकरण गर्दै वालविवाहलाई रोक्नको लागि बालबालिकाले पनि पहल गर्नुपर्ने विषयमा जानकारी गराइएको थियो । कार्यक्रमा वालविवाह र मानव वेचविखन तथा ओसार पसार विरुद्धका घटना भएमा वाल हेल्पलाईन १०९८ (दश नौ आठ) मा खवर गर्न जानकारी गराएको थियो ।
महिला तथा बालबालिका कार्यालय दैलेख, जिल्ला समन्वय समिति दैलेख, ईलाका प्रहरी कार्यालय राकम कर्णाली, दैलेख र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखको आयोजनामा भएको थियो ।

प्रतिक्रिया