सामाजीक अभियान्ताहरुलाई नेतृत्व विकास सम्बन्धी २ दिने तालीम दुल्लुमा

सामाजीक अभियान्ताहरुलाई नेतृत्व विकास सम्बन्धी २ दिने तालीम दुल्लुमा

‘‘समग्र विकासको अवरोध ,जातिय तथा लैङ्गीक विभेद” भन्ने नाराका साथ दैलेखको दल्लुमा आजदेखी गाउँ र नगरपालिका स्तरीय सामाजिक अभियान कर्ताहरुका लागि २ दिने नेतृत्व विकास तालिम भएको छ । दुल्लु नगरपालिकाका नगर प्रमुख घनश्याम भण्डारीले महिलाहरुको क्षमता विकास तालिमलाइ प्रथामिकताका साथ जोड दिदै नेतृत्वले समाज रुपानतरणमा सहयोग पु¥याउन आग्रह गनर््भएको छ ।

दुल्लु नगरपालिका भित्र पुराना सामाग्री संकलन गरी त्यहाँको पहिचान झल्कने गरि पौवा सास्कृतिक संग्रालय निर्माण गरीने जानकारी गराउदै नगरप्रमुख भण्डारीले नगरपालिकाले महिलाहरुको नेतृत्व र क्षमता विकासका पक्षमा काम गर्न प्रतिबद्धता जनाउनु भएको छ । तालिमले समाजमा लुकेर रहेका असमानतालाई सामाजिक सहरीकरण का माध्याम बाट समाधान प्रकृयामा लिनको लागि महिला अभियन कर्ताको क्षमता विकास गर्नेछ । दलित महिला संघ दैलेखकी अध्यक्ष पार्वति विसुन्केले महिला सहभागिताको वकालत गर्ने र महिलाको नेतृत्व विकासमा टेवा पु¥याउने यद्येश्यका साथ महिला परीयोजन अन्तरगत सामाजिक अभियन कार्ताहरुको लागि २ दिने तालिम सञ्चालन गरीएको जानकारी दिनुभयो । तालिममा दुल्लु नगरपालिकाका र भैरवि गाउँपालिका गरी ४५ जना सामाजिक अभियान्ताहरुको सहभागीता रहेको छ । दलित महिला संघ दैलेखको आयोजनामा भएको तालिम शान्ति न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल काठमाण्डौ ,संकल्पको आर्थिक सहयोगमा सन्चालन भएको हो । दुल्लू नगरपालिकाका नगर प्रमुख घनश्याम भण्डारीको प्रम्ख आतीथ्यतामा सन्चालन भएको तालीमको अध्यक्षता मोहना बस्नेतले गर्नुभएको थियो ।

प्रतिक्रिया