बाल्यअवस्था देखीनै पठनपाठनमा सुधार गर्दै लैजानुपर्ने पुर्व स्थानीय बिकास राज्यमन्त्री शाहीको भनाई ।। ।।

बाल्यअवस्था देखीनै पठनपाठनमा सुधार गर्दै लैजानुपर्ने पुर्व स्थानीय बिकास राज्यमन्त्री शाहीको भनाई ।। ।।

पुर्व स्थानिय बिकास राज्यमन्त्री कुन्ती कुमारी शाहीले गुणस्तरीय शिक्षा कायम गर्नका लागी बिद्यार्थीहरुको बाल्य अवस्था देखीनै सुधार गर्दै लैजानुपर्ने बताउनू भएको छ । अन्तराष्ट्रिय साक्षरता दिवस तथा ३८ औ राष्ट्रिय शिक्षा दिवसको अवसरमा आज दैलेखको त्रिभुवन माध्यामीक बिद्यालयमा आयोजित एक कार्यक्रममा बाल्दै शाहीले यस्तो बताउनु भएको हो । उहाले सक्षम नागरीक बनाउने पहिलो कर्तव्य अभिभाबकको र दोश्रो कर्तव्य गूरुहरुको रहेको बताउदै गुणस्तरीय शिक्षाको लागी प्रत्येक बिद्यालयहरुमा सरल र सहज वातावरणमा पठन पाठन गर्ने व्यवस्था गर्नु अहिलेको आवस्यकता रहेको बताउनुभयो । बालबालीकाहरु भविस्यको कर्णदार व्यक्ति भएको बताउदै शाहीले बालबालकिाहरुको लागी राम्रो लगानी गरी बिशेष किसीमका योजनाहरु ल्याउनुपर्ने धारण पनि व्यक्त गर्नुभयो । दैलेख जिल्ला बिद्यालय शान्ती षेत्र जिल्ला घोषण भेसकेको जिल्ला भएको भन्दै उहाले पुर्णरुपमा कार्यान्वय होस भनी शुभकामना व्यक्त गनुृभएको थियो ।


यस्तै प्रमुख जिल्ला अधिकारी विस्वराज न्यौपानेले विद्यार्थीलाई शिक्षासंग सम्बन्धित आधारभूत ज्ञान, सीप प्राप्त गर्न अभिप्रेरित गर्दै शिक्षण सिकाइ क्रियाकलापमा बिशेष जोड दिनु अहिलेको आवस्यकता भएको बताउनुभएको थियो । कायक्रममा दैलेखका जिल्ला शिक्षा अधिकारी पुर्ण प्रसाद रिजालले दैलेखमा अहिले कुल ९६ हजार ९ सय ७७ बिद्यार्थी अध्यनरत रहेको बताउदै यी बिद्यार्थीहको उज्वल भविस्यका लागि जनप्रतिनीधिहरुलाई पनि बिशेष कायक्रमहरु ल्याउन पहल गर्न आग्रह गर्नुभयो । जिल्ला शिक्षा कार्यालय दैलेख अन्र्तरगत हाल ५ सय ३५ वटा बिद्यालयहरु स्थापना भई सन्चालन भएको जनाकारी गराउदै रिजालले सम्पुर्ण सस्सथागत र सामुदायकि बिद्यालय गरि करिब २ हजार शिक्षक कार्यरत रहेको जानकारी दिनुभयो । २०७४ को भर्ना विवरण अनुसार दैलेखका सबै बिद्यालयहरुमा गरी हाल ९६ हजार ९ सय ७७ जना बिद्यार्थीहरु रहेका छन । यस्तै जिल्लामा अहिले ३ सय ६० वटा वालविकास केन्द्र र ४२ वटा सामुदायीक अध्यन केन्द्र रहेको बताउदै यी केन्द्रहरुमार्फत निरन्तर सिकाईलाई अघि बढाउने उद्येश्यसहित लागीरहेको पनि जिल्ला शिक्षा अधिकारी पुर्णप्रसाद रिजालले जानकारी दिनुभयो । कार्यक्रममा दैलेखका जिल्लास्थीत बिभीन्न कार्यालय संघ सस्थाका प्रमुख एवम प्रतिनीधी, शिक्षकका पेशागत संग संगठनका प्रतिनीधी, राजनैतिक दलका प्रमुख तथा प्रतिनीधी लगाएतले पनि दिवसको अवसरमा शुभकामना दिदै गुणस्तरीय शिक्षा कायम गर्नका लाग िबिभीन्न किसीमका कार्यक्रमहरु ल्याउनुपर्नेमा जोड दिएका थिए ।
‘‘संघिय नेपाल सम्बृदीको आधार,स्तरीय शिक्षा सबैको अधिकार भन्ने मुल नारासहित मनाईएको साक्षरता तथा शिक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा एसइइ परिक्षामा उतकृष्ट अंक ल्याउने बिद्यालयका बिषयगत शिक्षकहरु, ६० बर्ष उमेर पुरा गरी शिक्षक सेवाबाट अवकास पाई बाहरीएका शिक्षकहरु लगाएतलाई सम्मान पनि गरिएको थियो । शिक्षा दिवसकै अवसर पारी २०७३ सालको एसईई परिक्षमा जिल्लाभरी बाट बिभीन्न बिषयहरुमा उत्कृष्ट अंक ल्याई उत्ीिर्ण भएका दैलेख जिल्लाका बिभीन्न बिद्यालयहररुका बिषयगत शिषकहरुलाई सम्मान गरिएको छ ।
जसअन्तगत एसइइ परिक्षमा अंग्रेजी बिषयमा सबैभन्दा राम्रो अंक ल्याई उतिर्ण गराउन सफल पिपलचौतारा मावी डाडापराजुलका शिक्षक नन्द बहादुर बिसी, नेपाली बिषयमा जिल्लामै उत्कृष्ठ अंक ल्याएको भन्दै जनकल्याण माबी शर्माकोटका नेपाली बिषयका शिक्षक बिष्णुप्रसाद उपाध्याय, सामाजिक बिषयमा शान्ती माबी लालीकाडाका शिक्षक हिक्मत कुमार बिसी, बिज्ञान बिषयमा शान्ती माबी लालकिाडाकै दिपक खत्री, गणीत बिषयमा सीता जनसहयोग मावी अवलपाराजुलका शिक्षक अर्जुन खड्का, स्वाथ्य तथा जनसंख्या बिषयमा सिता जनसहयोग मावीकै शिक्षकलाई बिद्यार्थीहले बिषयगत रुपमा जिल्लाकै उतकृष्ट अंक ल्याएको भन्दै सम्मान गरिएको थियो ।
यस्तै शैक्षीक सत्र २०७४ को उत्कृष्ट बेष्ट स्कुल अवार्ड पनि प्रदान गरिएको छ । निजी तथा आवसिय बिद्यालयहरुको संगठन प्याव्सनको सहयोगमा सस्थागत बिद्यालयबाट छात्रातर्फ उतकृष्ट अंक ल्याएको भन्दै सनराईज स्कुलका नारायण खनाल, छात्रातर्फ सनराईज स्कुलकै सरस्वती पाण्डेलाई अवाड प्रदान गरिउको हो । सामुदायीक बिद्यालयबाट छात्रतर्फ सिता जनसहयोग मावीका सुमन ज्ञावली र छात्रातर्फ भैरव मावी नौमुलेका अर्चना सिंहलाई बेष्ट स्कुल अवार्ड प्रदान गरिएको छ । यस्तै कक्षा ८ को जिल्लास्तरीय परिक्षबाट सबैभन्दा बढी अक ल्याई उतिर्ण हुने बिद्यार्थीहरुलाई पनी पुरस्कृत गरिएको छ । जसअन्र्तरगत नेरा आधारभुत बिद्यालय रानीवनका बिवेक कुमार सिंघ, त्रिभुवन माबी दैलेख बजारका कल्पना अधिकारी र जनचेतना बिद्या मन्दीरका प्रज्वल शाहीलाई पुरस्कृत गरिएको छ । यस्तै सामाजीक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखका सस्थापक अध्यक्ष हीरासिंह थापाले बाटु थापा स्मृती विद्या पुरस्कार पनि प्रदान गर्नुभएको छ । जिल्ला भरकिा बिद्यालयहरुबाट राम्रो अंक ल्याई उतिर्ण हुने छात्राहरुमध्येबाट छनोट गरि भैरब मावि नौमुलेका अर्चना सिंह, जिल्ला भरका दलित छात्राहरु मध्येवाट पीपलचौतारा मावि डाडापराजुलका लक्ष्मी बिकलाई र पन्चदेवल मावी रावतकोटका रत्ना कुमारी बिकलाई बाटु थापा स्मृति विद्या पुरस्कार प्रदान गरिएको छ ।
यस्तै दिवसकै अवसरमा जिल्लामा बिभीन्न बिद्यालयहरुमा लामो समयसम्म अध्यापन कार्यमा संलग्न भई ६० बर्ष पुरा गरी अवकास प्राप्त गरेका शिक्षकहरु हस्त बाहदुर गुरुङ, रुपलाल भट्ट, कृष्ण बहादुर भण्डारी, डिल्लीप्रसाद उपाध्याय र योगेस्वर शाहालाई पनि प्रशंसापत्र सहित सम्मान गरिएको थियो । बिभीन्न बिद्यालयका बिद्यार्थीहरुद्धारा सास्कृतीक मनोरन्जनात्मक कार्यक्रमहरु समेत प्रस्तुत गरिएको कायृक्रममा दैलेख सदरमुकाम लगाएत आसपासका शिद्यालयका बिद्यार्थीहरु, शिक्षकहरु, शिक्षकका पेशागत संघसंगठनका प्रतिनीधीहरु, बुद्धीजिवी लगाएतको उल्लेखनीय सहभागीता रहेको थियो । पुर्व स्थानीय बिकास राज्यमन्त्री कुनतीकुमारी शाहकिो प्रमुख आतीथ्यतामा भएको कार्यक्रम जिल्ला समन्वय समित िदैलेखका प्रमुख प्रेम बहादुर थापाको सभापतितवमा सम्पन्न भएको हो ।

 

प्रतिक्रिया