दैलेखमा पनि भ्रष्टाचार विरुद्ध सदाचार प्रतिवद्धता

दैलेखमा पनि भ्रष्टाचार विरुद्ध सदाचार प्रतिवद्धता

दैलेख – सबै किसिमका भ्रष्टाचार विरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आज सेप्टेम्वर ८ देशभर प्रतिबद्धता हस्ताक्षर अभियान सम्पन्न गरिएको छ । दैलेखमा पनि स्थानीय तहका जनप्रतिनिधि लगायत सार्वजनिक पद धारणा गरेको अधिकारीको हस्ताक्षर गराइएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापा, जिल्लाका ४ वटै नगरपालिका प्रमुख र ७ गाउँपालिकाका अध्यक्ष, सरकारी अधिकारी, सार्वजनिक पद धारणा गरेका व्यक्ति समेतले ‘म सबै खाले भ्रष्टाचारको विरोध गर्दै सदाचार प्रति प्रतिबद्ध रहनेछु’ भन्ने मूल नारा लेखिएको लिखित प्रतिवद्धता जनाएका हुन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सुन्दर नेपाल संस्था, गैसस महासंघ र नेपाल पत्रकार महासंघको संयुक्त आह्वानमा जनप्रतिनिधि समेतले संयुक्त प्रतिवद्धता जनाएका हुन् । विश्व खाद्य कार्यक्रमले आयोजना गरेको खाद्य सुरक्षा अनुगमन प्रणाली सम्वन्धी कार्यक्रमका लागि सदरमुकाममा आएका ११ वटै स्थानीय तहका प्रमुखले देशव्यापी अभियानकै दिन प्रतिवद्धता लिइएको हो ।
भ्रष्टाचार नियन्त्रण र सुशासन अभिवृद्धि निम्ति काम गर्ने सरकारी तथा गैरसकारी निकायहरु क्रियाशील भए पनि व्यवहार परिवर्तन नभएको घुस खाने र यस्ता थुप्रै अनियमित कायमै रहेको अवस्थामा सबै किसिमका भ्रष्टाचार विरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले हस्ताक्षर अभियान गरिएको हो ।

प्रतिक्रिया