सामाजिक अभियान्ताको जन्मदिन छाउपडि जस्तो कुप्रथाको अन्त्यको लागि

सामाजिक अभियान्ताको जन्मदिन छाउपडि जस्तो कुप्रथाको अन्त्यको लागि

दुल्लू, दैलेख, सामाजिक कुसस्कारको रुपमा रहेको छाउपडि प्रथालाई अन्त्य गर्ने सामाजिक अधियान्तालाई पुरस्कार दिदै महेन्द्र अधिकारी ले आफ्नो जन्मदिन मनाउनु भएको हो ।


उनले आफ्नो आमा बनिसरा अधिकारी र बुबा कर्णप्रसाद अधिकारी आई आजको दिनमा जन्म दिइ गुरु बाट र शिक्षा दिएको दिन जन्म दिनु भएकोले उहाँहरुलाई सम्झदै समाजमा रहेको कुसस्कारको अन्त्य को सुझाव का लागी आफु र आफ्नो कार्यक्रम निरन्तर अगाडी बढी रहेका बेला आफ्नो जन्म दिन परेको ले उक्त जन्म दिनको अवसरमा सामाजि कुसस्कारको रुपमा रहेको छाउपडी प्रथा अन्त्य गर्नका लागी यो कार्यक्रम गर्नु भएको र उक्त कुसस्कारको अन्यका लागि निरन्तर आफु लागि पर्ने बताउनु भएको छ ।
कार्यक्रममा दुल्लू नगरपालिका वडा नं. ३ र ४ का १३ जना महिला स्वास्थ्य स्वयम् सेविका नेपा स्वास्थ्य चौकीका कर्मचारीहरुको र स्थानियको सहभागीता रहेको थियो । कार्यक्रमा सहभागी नेपा स्वास्थ्य चौकिका सिनियर अहेब पुर्ण खनालले “महेन्द्र राज अधिकारी ले आफ्नो जन्मदिनमा सकरात्मक सामाजिक सन्देश फैलाए र आफु कार्यरत रहेको सामाजिक सेवा केन्द्र (सोसेक) प्रति समुदाय स्तरमा सकरात्मक सन्देश पुगेको बताए ।” उहाँले थप्नु भयो “ कार्यक्रमले समासमा रहेको छाउपडि प्रथा बिरुद्ध अभियान संचालन गर्न प्रोत्साहान दिएको र अभियान्ताहरु सम्मानित गर्नुले अन्यलाई यसको विरुद्ध लाग्न पेरणा दिएको बताउनु भयो ।” उपस्थित स्थानिय बासिन्दाहरुका अनुसार सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल र कार्यरत कर्मचारीहरु समाज सकारात्मक परिवर्तनका वाहक हुन भन्ने भनाई रहेको थियो । जन्मदिनको शुभकामना दिदै उपस्थित सम्पुर्ण कार्यक्रका सहभागीहरुले यो पुरस्कार कमला कार्की र मना सुनारलाई मात्र नभई समग्र दुल््लु न.पा. ३ र४ लाई दिएको बताए ।

प्रतिक्रिया