जिल्ला परियोजना सल्लाहकार समितिवाट अनुगमन

जिल्ला परियोजना सल्लाहकार समितिवाट अनुगमन

दैलेख, सेभ द चिल्ड्रेन संगको सहकार्यमा गुरास गाउँपालिकाको सेरी र खड्गवाडामा संचालित विभिन्न परियोजनाको जिल्ला परियोजना सल्लाहकार समितिले स्थलगत रुपमा अनुगमन गरेको छ । सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको साझेदारीतामा संचालित सहयात्रा परियोजना, एभरेष्ट क्लब दैलेख द्धारा संचालित यूवा सशक्तिकरण परियोजना र जिल्ला स्वास्थ्य कार्यालय दैलेखको समन्वयमा मातृ तथा नवजात शिशु स्वास्थ्य परियोजनाको सयुक्त अनुगमन गरिएको हो ।

जिल्ला समन्वय समिति, सेभ द चिल्ड्रेन, एभरेष्ट क्लब दैलेख र सामाजिक सेवा केन्दै (सोसेक( नेपाल दैलेखको आयोजनामा सयुक्त रुपमा अनुगमन गरिएको हो । अनुगमनमा जिल्ला समन्वय समितिमा प्रमुख प्रेम बहादुर थापा, स्थानीय विकास अधिकारी डिलाराम पन्थी, गुरास गाउँपालिकाका अध्यक्ष खेमराज वली, उपाध्यक्ष दिपा विसी लगाएत विषयगत कार्यालयका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । सेभ द चिल्ड्रेन संगको सहकार्यमा संचालित विभिन्न परियोजना अन्तरगत शान्ति मावी सेरी, स्वास्थ्य चौकी सेरी, यूवा सूचना केन्द्र, सहकारी संस्थाहरुमा लागु गरिएका कार्यक्रमहरुको प्रभावकारीताका बारेमा स्थलगत रुपमा अवलोकन गरिएको हो ।

अनुगमनमा शिक्षा कार्यक्रमले विद्यालय बाहिर रहेका बालवालिकाहरुलाई विद्यालय ल्याउन सहयोग पुगेको पाइएको छ । वालवालिकाहरुलाई विद्यालयमा उपस्थिति बढाउन, प्राथमिक तहका वालवालिकाहरुको बसाई व्यवस्थापन, विद्यालयमा खानेपानी, सरसफाई, गुणस्तरिय सिकाईको वातावरण तयार गर्न तथा कार्यान्वयनमा सहयोग पुगेको पाइएको छ । यस्तै बाल अधिकार, बाल संरक्षण, जिवीकोपार्जन र मातृ तथा नवजात शिशु स्वास्थ्यमा सहयोग पुगेको स्थानीय समुदायले बताएका छन् । अनुगमनमा क्रममा परियोजनाले सहयोग गरेको शान्ति माध्यामिक विद्यालयमा १३ कम्प्युटर भएपनि ८ वटा कम्प्युटर मात्र संचालनमा आएको पाइएको छ । उक्त विद्यालयमा शिक्षण सिकाई, विद्यालय हातामा सरसफाई, खानेपानीको उचित व्यवस्थापन भएको पाइएको छ । अनुगमन गरिएको विद्यालयहरुमा किशारीहरु बेहोस हुने, रुने लगाएतका समस्या हरु देखा परेको शिक्षकहरुले बताए । शान्ति मावी सेरीमा प्रश्तावित कक्षा ९ र १० का लागि शिक्षक दरबन्दी नै नभएको विद्यालयमा प्रअ विष्णु प्रसाद शर्माले बताए । उनले आधाभुत तहका शिक्षकहरुले नै कक्षा ९ र १० मा अध्यापन गराइरहेकोले शिक्षक दरबन्दीको व्यवस्थापन गरि दिन आग्रह गरेका छन् । गाउँपालिकाका अध्यक्ष खेमराज वलीले विद्यालयमा शिक्षक दरबन्दी व्यवसपनका लागि पहल थाल्ने बताए ।

प्रतिक्रिया