बालविवाह र छाउपडिका कुरा मै राष्ट्रिय वाल दिवश

बालविवाह र छाउपडिका कुरा मै राष्ट्रिय वाल दिवश

आज राष्ट्रिय बालदिवस २०७४, दैलेखमा पनि विभिन्न कार्यक्रमहरु गरेर मनाईएको छ । धेरै जसो गाउपालिका र नगरपालिका तिनका वडा मा संचालित कार्यक्रममा बालविवाह र छाउपडिका कुरा मै राष्ट्रिय वाल दिवश मनाएको खवर प्राप्त भएको छ । जिल्ला बालकल्याण समिती दैलेखको आयोजना तथा बालअधिकारसंग सम्बन्धित बिभीन्न संघ सस्थाहरुको समन्वयमा दैलेखमा पनि आज बिभीन्न कार्यक्रमहरुको आयोजना गरिएको हो ।

कार्यक्रममा बोल्दै दैलेख क्षेत्र नम्बर १ का सांसद अम्मर बहादुर थापाले बालअधिकारको सम्मान, संरक्षण र परिपालनाका लागि हरेक तहको शासन पद्धति बालमैत्री हुनुपर्ने बताउनुभएको छ ।  कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका सांसद थापाले बालबालिकाहरुको उज्वल भविस्य निर्माणका लागी अभिभावक तथा शिक्षकहरु सबैले बिशेष ख्याल गर्न आग्रह पनि गर्नुभयो । बालबालीकाको अधिकारलाई हनन गर्न नहुने बताउदै सांसद थापाले बालबालीकाहरुलाई कुन अवस्थामा के कुराको आवस्यकता पर्छ भन्ने कुराहरुलाई पनि मध्यनजर गर्नुपर्ने बिचार व्यक्त गर्नुभयो । यस्तै दैलेखका प्रमुख जिल्ला अधिकारी विस्वराज न्यौपानेले बालबालीकालाई कुनैपनि हिसाबले शारीरीक याताना दिने जस्ता काम कानुनी हिसाबले दण्डनिय भएकाले यस्ता खाले गलत क्रियाकलाप कसैले पनी नगर्न आग्रह गर्नुभएको छ । बालबालीकाहरुलाई घर वा बिद्यालय सबै तिर शान्त हिसाबले पठनपाठन तथा अन्य बिबीध क्रियाकलापहरु गर्ने वातावरण सिर्जना गरि भबिस्य सुन्दर बनाउनेतर्फ सक्रिय रहन पनि उहाले शिक्षक तथा अभिभाबकहरुलाई आग्रह गर्नुभयो ।  “बालमैत्री शासनः बालअधिकारको सम्मान”

भन्ने नाराका साथ मनाईएको दिवसकै अवसरमा जनता आधारभुत बिद्यलाय दैलेख बजारमा आयोजित कार्यक्रममा लोकगित प्रतियोगिता र ‘‘छाउपडि प्रथा र बालबिवाह उन्मुलन” सम्बन्धी बक्तृत्वकला प्रतियोगिता पनि सम्पन्न भएको छ । दिवसको अवसरमा आयोजित लोकगित प्रतियोगिताबाट त्रिभुवन मावी दैलेख बजारको प्रमीला खत्रीको समुह प्रथम भएको छ । जनता आधारभुत बिद्यालय नयाबजार दैलेखको समुह दोश्रो र हरियाली बालक्लब बडाखोलाको समुह तेश्रो भएको छ भने त्रिबेणी संगम मावी चुप्राको समुहले शान्तवना स्थान हासिल गरेको छ । प्रतियोगितामा प्रथम हुने समुहलाई रु ३ हजार , द्धृतीय हुने समुहलाई २ हजार, तृतीय हुने समुहलाई रु १५ सय र  शान्तवना स्थान हासिल गर्ने समुहलाई १ बजार रुपैया नगद पुरस्कार पनि वितरण गरिएको छ । बत्तृत्वकला प्रतियोगिता सम्पन्न ।। राष्ट्रिय बाल दिवसकै अवसर पारेर सामाजिक कानुनी सहायता केन्द्र दैलेखको आयोजनामा छाउपडी प्रथा र बालबिवाहा उनमुलन सम्बन्धी बक्तृत्वकला प्रतियोगिता पनि आजै सम्पन्न भएको छ । बक्तृत्वकला प्रतियोगिताबाट त्रिभुवन मावी दैलेख बजारका जंग बहादुर बोगटी प्रथम, जगदीस मावी एैराडीका विपना रानामगर द्धृतीय, भैरव मावी नौमुलेका निशा थापामगर तृतीय र महेन्द्र मावी सोतका ललीता कटुवाल शान्तोना हुनुभएको छ ।  प्रतियोगितामा प्रथम हुने प्रतियोगिलाई  द्धृतीयलाई  तृतीयलाई र शान्तवना हुने बिद्यार्थीलाई नगद पुरस्कार पनि वितरण गरिएको थियो । बक्तृत्वकला प्रतियोगिता कार्यक्रममा बोल्दै चामुण्डा बिन्द्रासैनि नगरपालीका दैलेखका उपप्रमुख तारा कुमारी शाहीले छाउपडि प्रथा कायमै रहेका दैलेखका कुना कन्दरमा रहेका बस्तीहरुमा पनि सम्बन्धीत निकायहरु पुग्न जरुरी रहेको बताउदै त्यस्ता प्रथाहरुलाई न्युनीकरण गर्नका लागी बिशेष पहल गर्नुपर्नेमा जोड दिनुभयो । छाउपडी प्रथाबाट बर्षेनी महिलाहरुको ज्यानै जाने गरेका भन्दै उहाले गाउँगाउ बस्ती बस्तीमा सचेतनामुलक सडक नाटक लगाएतका अन्य बिबीध कार्यक्रमहरु गरी यो प्रथालाइृ अन्य गर्नतर्फ सुबै सक्रिय हुनुपर्ने बताउनुभएको छ ।  दुर दराजमा रहेका बस्तीहरुमा अझैपनि कतीपय बालबालीकाहरु आफ्नो अधिकार पाउनबाट बन्चीत रहेको बताउदै शाहीले त्यस्ता क्षेत्रहरुमा सचेतनामुलक कार्यक्रमहरुलाई व्यापक रुपमा फैलाउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया