सम्वीधान दिवशको दिन १३ बर्षिया बालकको उद्धारपछि परिवारिक हस्तान्तरण तथा पुनर्मिलन

सम्वीधान दिवशको दिन १३ बर्षिया बालकको उद्धारपछि परिवारिक हस्तान्तरण तथा पुनर्मिलन

दैलेख असोज ३, विगत दुई महिना देखि जुम्लाको एक होटलमा कामगर्दै आइरहेका १३ बर्षिया बालकको उद्धार गरिएको छ । विसाल केसी नाम बताउदै आएका पंचदेवल नगरपालिका विनायक वडा नं. ५ अछाम का मंगलभुलको उद्धार गरिएको हो । बालक जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका वडा नं. ४ मा रहेको जेनी एण्ड जेस्मिन होटलमा दुई महिला देखि बालश्रमको रुपमा काम गर्दै आइरहेका थिए । बालकलाई सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले उद्धार गरेको हो । उद्धार गरि ल्याइएका बालकको जिल्ला बाल कल्याण समिति दैलेख र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले परिवारको जिम्मा लगाएको छ । मंगलवार आयोजित बेबारिसे अलपत्र तथा बालश्रमिकको रुपमा रहेका बालबालिकाहरुको उद्धार गरि पारिवारिक पुर्नमिलन तथा हस्तान्तरण कार्यक्रममा बालकका दाई तुलाराम भुलको जिम्मा लगाइएको हो । जुम्लाको चन्दननाथ नगरपालिका वडा नं. ४ मा रहेको जेनी एण्ड जेस्मिन होटलमा बाट उद्धार गरि सामाजिक सेवा केन्द्र (सोसेक) अन्तरगतको महिला तथा वालवालिका केन्द्रमा राखिएका वालकलाई अभिभावकको जिम्मा लगाइएको हो । वालकलाई जुम्लामा उद्धार गर्न ९ दिन लागेको कुरा सोसेकका महासचिव नैन वहादुर शाहीले वताए ।

वेवारी, अलपत्र र वालश्रमीक वालवालिका उद्धारपद्धि परिवारिक पुनर्मिलन तथा हस्तान्तरण समारोहमा मन्तव्य राख्दै प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपाने
उद्धार गरिएका वालक मंगल भुलका दाईलाई हस्तातरण गर्दै प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपाने
उद्धार गरिएका वालक मंगल भुलका दाईलाई वालकको पारिश्रमिकवाट प्राप्त रकमलाई हस्तातरण गर्दै स्थानिय विकास अधिकारी डिलाराम पंथी

बालक हस्तान्तरण कार्यक्रमका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले बेबारिसे तथा बालश्रमिकको रुपमा विभिन्न होटेल तथा उद्योगमा काम गरिरहेका बालबालिकाहरुको उद्धार गरि गैससले पंशसनियकार्य गरेको बताए ।
सामाजिक सेवा केन्द्र (सोसेक) अन्तरगत महिला तथा वालवालिका केन्द्रमा अन्य २ जनाबालकको उद्धार गरि राखिएको छ । राराछाँयानाथ नगरपालिका मुगुक ानविन खड्का र नन्दराज खड्कालाई उद्धार गरि राखिएको हो । उनिहरुका अभिभावकको खोजीकार्य भइरहेकाले परिवार संग सम्पर्क भएलगत्तै बालकहरुलाई जिल्मा लगाइने सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका संस्थापक अध्यक्ष हिरासिंह थापाले जानकारी दिएका छन् । यस्तै दैलेखको गुरास गाउँपालिका वडा नं. ५ का सन्तोष विकलाई सोसेक अन्तरगतको महिला तथा वालवालिका केन्द्रमा राखि सनराज बोडिंग स्कुलमा पढिरहेका छन् । सामाजिक सेवा केन्द्र (सोेसेक) दैलेखले हाल सम्म ५५ जना बालकको उद्धार गरि सकेको छ । बालश्रमिक बसेका तथा बेबारिसे अवस्थामा उद्धार गरिएकाबालक मध्ये ४ जना बालकलाई भारतबाट उद्धार गरि ल्याइएको हो ।

प्रतिक्रिया