२ जना बालकको उद्धारपछि परिवारिक हस्तान्तरण तथा पुनर्मिलन

२ जना बालकको उद्धारपछि परिवारिक हस्तान्तरण तथा पुनर्मिलन

दैलेख -विगत दुई महिना देखि सुर्खेतको एक होटलमा कामगर्दै आइरहेका ११ र १२ बर्षिया दुई बालकको उद्धार गरिएको छ । रारा छायानाथ नगरपालिका मुगु का रविन खड्का र नन्दराज खड्काको उद्धार गरिएको हो । बालकहरु सुर्खेत जिल्लाको विरेन्द्रनगर नगरपालिका सुर्खेत वजारमा रहेको जमुना होटलमा दुई महिला देखि बालश्रमको रुपमा काम गर्दै आइरहेका थिए ।

बालकलाई सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले उद्धार गरेको हो । उद्धार गरि ल्याइएका बालकको जिल्ला बाल कल्याण समिति दैलेख र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले परिवारको जिम्मा लगाएको छ । शुक्रवार आयोजित बेबारिसे अलपत्र तथा बालश्रमिकको रुपमा रहेका बालबालिकाहरुको उद्धार गरि पारिवारिक पुर्नमिलन तथा हस्तान्तरण कार्यक्रममा बालकका वुवा राज वहादुर खड्काको जिम्मा लगाइएको हो । सुर्खेतको विरेन्द्रनगर नगरपालिका सुर्खेत वजारमा रहेको जमुना होटलमा बाट जिल्ला वाल मंच दैलेखका सल्लाहकार लक्ष्मण कुमार कार्कीले उद्धार गरि सामाजिक सेवा केन्द्र (सोसेक) अन्तरगतको महिला तथा वालवालिका केन्द्रमा राखिएका वालकलाई अभिभावकको जिम्मा लगाइएको हो । वालकलाई सुर्खेतमा उद्धार गर्न ३ दिन लागेको कुरा जिल्ला वाल मंच दैलेखका सल्लाहकार लक्ष्मण कुमार कार्कीले वताए ।
बालक हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथी तथा जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम वहादुर थापाले बालश्रमिकको रुपमा होटेलमा काम गरिरहेका यी वालकहरु उद्धार गरि अभिभावकका जिम्मा लगाउने कार्य सोसेकले पंशसनियकार्य गरेको बताए । उहाँले थप्नु भयो, “यी वालकहरु उद्धार गरि पुनर्मिलन नगराएको भर भारततिर हराउन सक्ने र परिवारका लागि सधैको लागि विछोड हुने थियो, त्यसैले यो काम अभिभावकको लागि ज्यादै महत्वपुर्ण हो ।”
बालक हस्तान्तरण कार्यक्रमका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले बेबारिसे तथा बालश्रमिकको रुपमा विभिन्न होटेल तथा उद्योगमा काम गरिरहेका बालबालिकाहरुको उद्धार गरि सोसेकले पंशसनियकार्य गरेको बताए ।
सामाजिक सेवा केन्द्र (सोसेक) अन्तरगत महिला तथा वालवालिका केन्द्रको आकस्मिक आश्रय स्थलमा राखीएको भाद्र महिनामा १९ जना वालवालिका र १ जना महिलाको पुनस्थापना गरिएको सोसेकका संस्थापक अध्यक्ष हीरासिंह थापाले वताए । कार्यक्रममा सोसेकका अध्यक्ष मंजु कुमारी खड्काको सभापतित्वमा भएको थियो भने सेल्टर संयोजक रमा श्रेष्ठले संचालन गर्नु भएको थियो ।

 

प्रतिक्रिया