उमेरले छेकेन विद्यालय जान

उमेरले छेकेन विद्यालय जान

आठबिस नगरपालिका ४ राकमकर्णालिस्थित १६ वर्षीया डिला वि.क. ४ वर्ष अगाडी नियमित विद्यालय जाने गर्थिन् । उनको उमेरका सबै साथीहरु माध्यामिक तहमा अध्ययन गर्थे । बढ्दो उमेर र हल्लक बढेको जिउडाल देखेपछि विद्यालयमा साथी भाईले उनलाई गिज्याउन थाले । ठुलो उमेरमा सानो कक्षा अध्ययन गर्दा उनलाई निराशा पैदा भयो । साथी र शिक्षकको व्यवहारले गर्दा उनी धेरै समय विद्यालयमा टिक्न सकिन्न र कक्षा छाड्न पुगिन् । चार वर्ष उनले गाई गोठालो र भाईवहिनीको स्याहार सुसारमै समय विताईन् ।
उनको घरमा १५ जनाको परिवार छ । बुबाले दैनिक ज्याला दारीमा काम गर्छन् र आमा घरधन्दामै व्यस्त । डिलाले विद्यालय जान्छु भन्दा पनि जान पाईन्न । उनको सम्बन्ध विस्तारै कुलतमा जोडिन पुग्यो । त्यसपछि उनले, सूर्तिजन्य पदार्थको सेवन गर्न सुरु गरिन् । कुलतमा लागेका साथीको संगतले गर्दा पढाई विगारीन् घरायसी बोझ थपिदै गयो ।
एकदिन उनको भेट पारासामाजिक कार्यकर्ता संग भयो । पारासामाजिक कार्यकर्ताले मनोसामाजिक परामर्श गरे । उनका आखा विस्तारै खुल्दै गए । शिक्षा विनाको जीवन अन्धार हुने महसुस गरेपछि पुनः डिला कक्षा ५ मा भर्ना भईन् । कुलतमा लागेका साथीहरुको संगतले गर्दा पढाई विग्रिको बताउने डिला भन्छिन्, जो गल्ति पहिला गरे अब गर्ने छैन् ।
उनको मनभरी पिडा र पश्चातापले भरिएको छ । आफुसँगैका साथी संगीहरु उच्च शिक्षा अध्ययन गर्छन् । उनी भन्छिन् घरमा ठुलो परिवार नभएको भए सायद पढाई बिचमै रोकिन्थेन् होला । विहान खाए बेलुकी के खाउ भन्ने सधै चिन्ता हुन्थ्यो । विद्यालय जादा लेख्ने कपि, कलम र पोषाक हुदैन्थे । ‘अनि कसरी जानु विद्यालय’, उनी भन्छिन् ‘गरिवीले न घरमा सुःख न, घर वाहिर ।’
अहिले छोरी नियमित विद्यालय जाने गर्दा उनको बुवा चैते कामी पनि खुसि देखिन्छन् । माटोको भाडा बनाउने पेशा हराउदै गए पछि गर्जाे टार्न समस्या भएको चैतेले बताए । उनले भने, पेशा हरायो, त्यो सँगै हातामुखको जोहो गर्ने उपाय केही भएन् । घरमा लालाबाला धेरै भएकाले डिलालाई पढाउन सकिन् । अहिले छोरीलाई कापि, कलम र पोषाक संघसंस्थाले सहयोग गरेका छन् । अब छोरी पढाउन कुनै गाह्रो छैन् ।
डिलाले विद्यालय जान मात्रै सुरु गरिन्न समाजमा महिलामाथि हुने सबै प्रकारका हिंसा विरुद्ध पनि लाग्ने गरेकि छन् । ‘बाल विवाहकै कारण सन्तान धेरै हुने गरेको जानकारी पाएकी’ डिला भन्छिन् ‘अब माध्यामिक शिक्षा उर्तिण नगरि विहे गर्ने छैन् ।’

प्रतिक्रिया