घर, मन्दिर अनि कोतमा पुजिएकि दुर्गा

घर, मन्दिर अनि कोतमा पुजिएकि दुर्गा

घर, मन्दिर अनि कोतमा पुजिएकि दुर्गा
आज पर सरिन् अरे
म जस्तै नारी शरिर धारण गरेकि दुर्गा
पनि पर सर्छिन् अरे
उनै दुर्गाको भक्ति भावले पुरुषहरु समेत
बलवान् हुन्छन् अरे
शरिर र संबेदनाले भरिएकि घरकि दुर्गा मात्रै
बिटुलि हुन्छिन् अरे
पशुकै गोठमा रात बिताएकि ति दुर्गा
एक अंजुली पानीको लागि समेत तड्पिन्छिन् अरे
मुर्तीको दुर्गा पुजिरहंदा
घरकि दुर्गा सॉप र बाघको सिकार बनि सकिन् अरे
( समर्पित कुरितीमा ज्यान गुमाएका दुर्गाहरु प्रति)

सुनिता वस्तेतकाे प्राेफाइलवाट साभार गरिएकाे ।

प्रतिक्रिया