घर फर्काइदै बालवालिका

घर फर्काइदै बालवालिका

एच.एस. थापा
कामको खोजीमा सहरतिर लागेका वालवालिका अहिले धमाधम घर फर्कान थालिएको छ । कामको खोजीमा गर्दै विभिन्न ठाउँमा वेवारिस अवस्थामा रहेका र वालश्रमिककोरुपमा काम गरिरहेका वालवालिकालाई खोजी गरि घर फर्काउन थालिएको हो । ४ जना बालकलाई जिल्ला प्रहरी कार्यालयको सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखले घर फर्काएको छ । दैलेख सदरमुकाम नजिकै रामपुर डाडामा अल्पत्र अवस्थामा फेला परेका उक्त बालकलाई सोसेक दैलेखको महिला र बालबालिका केन्द्रमा ४ दिन राखिसकेपछि उनीहरुको परिवारलाई हस्तान्तरण गरिएको थियो ।

 

वालश्रमिक, वेवारिसे, अलपत्र परेका वालवालिका उद्धारपछि परिवारिक पुनर्मिलन तथा हस्तान्तरण समारोहमा वोल्दै जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम वहादुर थापा
वालश्रमिक, वेवारिसे, अलपत्र परेका वालवालिका उद्धारपछि परिवारिक पुनर्मिलन तथा हस्तान्तरण समारोहमा वोल्दै निमित प्रमुख जिल्ला अधिकारी हरि प्रसाद देवकोटा
वालश्रमिक, वेवारिसे, अलपत्र परेका वालवालिका उद्धारपछि परिवारिक पुनर्मिलन तथा हस्तान्तरण समारोहलाई सम्वोदन सहित समापन गर्दै सोसेक दैलेखका कोषाध्यक्ष दुर्गा श्रेष्ठ


नौमुले गाउपालिका वडा नं ७ पैतीका १० वर्षे प्रकाश वि.क.लाई पैसा कमाउने रहर जाग्यो । उनी नेपाल राष्ट्रिय आधारभूत विद्यालय डाडागाउ पैतीमा कक्षा ५ मा अध्ययन गर्छन । उनले भने, मिठो खाने, राम्रो लगाउने र मोबाइल किन्ने चाहनाले गर्दा पढाई छाडेर कामको खोजीमा हिडे । अब अध्ययन सकेर २० वर्ष पुगेपछि मात्रै फर्किन्छु उनले बताए ।
त्यसैगरी उक्त विद्यालयकै कक्षा ६ मा अध्ययन गर्ने वर्ष १३ का अर्जुन वि.क. र वर्ष १४ का टेकबहादुर र दत्त वि.क. पनि कामको खोजीमा सहर छिरेका थिए ।
टेकबहादुर वि.क. कामको खोजीमा नपुगेको कुनै ठाउ छैन् । उनले भने १ वर्ष अगाडी रसुवाको धुन्चेमा सडक मर्मतमा काम गर्थे । त्यसपछि उनी सुर्खेतको मिलन रेस्टुरेन्टमा ५ महिना काम गरेर दशै मान्न घर फर्केका हुन । मासिक ३ हजार कमाउने उनी भन्छन् वचेको पैसा घर खर्चका लागि जम्मा गरेको थिए ।
उनका बुबा मानसिक रोगी छन् । आमाले काम गर्न नसक्ने र अरु भाईवहिनीलाई पढाउनु पर्ने भएको हुदाँ आफु कामको खोजीमा लागेको उनले बताए । विदाको समयमा कमाएर अध्ययन खर्च जुटाउने सोच बनाएका दत्त वि.क. भन्छन् बुबाले रक्सि खाएर पैसा सिध्याउने भएकाले कापी, कलम र पेटभरी खानाको जोहो गर्न कामको खोजीमा हिडेको हु ।
बालबालिकाको हेरचाह गर्ने जिम्मेवारी अभिभावकको भएकाले आफ्ना बालबालिकालाई राम्रो सँग स्याहार गर्नुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद देवकोटाले बताए । उनले थपे, बालश्रममा लागेका बालबालिकालाई पक्रिदै फिर्तागर्दै गर्नुभन्दा पनि घरमा स्थायीरुपमा बस्ने बातावरणको श्रृजना गर्न आवश्यक छ ।
गरिबी र अशिक्षाका कारण बालबालिका बालश्रममा लाग्ने गरेको जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापाको भनाई थियो । हामी बालबालिकालाई भविश्यका कर्णधार भन्छौं । होटलमा भाडा माभ्mने १० बर्षको बालक कसरी भविश्यको कर्णधार बन्न सक्छ उनले प्रश्न गरेका थिए । उनले थपे, त्यही बालक भोली कुलतमा नलाग्ला भन्न सकिन्न । बालविवाह, छाउपडी र बालश्रमलाई न्यूनीकरण गर्न स्थानीय तहमा नीति बनाएर अगाडी बढ्ने योजना रहेको थापाले बताए ।
बालश्रम (निषेध र नियमित गर्ने) नियमावली, २०६२ ले १४ वर्ष उमेर नपुगेका बालकलाई श्रमिकको रुपमा काममा लगाउन नहुने व्यवस्था गरे पनि जानकारीको अभावका कारण बालश्रम भईरहेको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखका बालसंरक्षण अधिकृत निर्मल अधिकारीले बताए । कसैले पनि बालकलाई ललाई, फकाई, वा डर, त्रास देखाएर उसको इच्छा विरुद्ध श्रमिकको रुपमा काममा लगाउन नपाइने अधिकारीको भनाई थियो ।
होटेल तथा विभिन्न बालश्रममा लागेका दैलेख, सुर्खेत, जुम्ला, मुगु र अछाम लगायत जिल्लाका भारत, सुर्खेत, जुम्मा दैलेखका विभिन्न होटेल तथा व्यवसायमा वालश्रमिकको रुपमा काम गरीरहेका ५ दर्जन भन्दा बढी बालकहरुको उद्धार गरि परिवारलाई हस्तान्तरण गरिएको सोसेक महिला र बालबालिका केन्द्र दैलेखका संयोजक रमा श्रेष्ठले बताईन् । उनले थपिन, अभिभावकले उनीहरुको कुरा नसुन्ने र भावना नबुझने भएकाले घर छाडेर हिड्ने बालबालिकाको संख्यामा बृद्धि भएको छ । अर्काेतिर विद्यालयमा विद्यार्थी किन नियमित आउदैन भनेर खोजी गरिदैन् । जसले गर्दा उ कुलतमा लागी सकेको हुन्छ श्रेष्ठको भनाई थियो ।

प्रतिक्रिया