दैलेखमा “खेल महोत्सव” शूरु हुदै तयारी अन्तिम चरणमा

दैलेखमा “खेल महोत्सव” शूरु हुदै तयारी अन्तिम चरणमा

दैलेख, असोज २४ – चौथौं दैलेखी युथ कप खेल महोत्सवको सवै तयारी पुरा भएको आयोजकले पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ । रिपोर्टर्स क्लव दैलेखमा आयोजित पत्रकार सम्मेलनमा यो वर्ष फुटवलमा विजेताले १ लाख राशीको पुरस्कार राखीएको जानकारी गराईयो ।

दैलेखी यूथ कप खेल महोत्सवको पत्रकार सम्मेलन गर्दै आयोजक
दैलेखी यूथ कप खेल महोत्सवको पत्रकार सम्मेलन गर्दै आयोजक

असोज २५ देखी ३० गतेसम्म हुने “दैलेखी यूथ कप खेल महोत्सव” तयारी सकिएको जनाईयो । खेलका माध्यमद्धारा जिल्लालाई चिनाउने अभियानका साथ खेल महोत्सव गर्न लागेको आयोजकले बताएको छ । यूवाहरु कुलतमा नलागी खेल तर्फ आर्कषित गर्नका लागि खेल महोत्सव गर्न लागेको दैलेखी यूथका संयोजक प्रेमबहादुर शाहीले बताए । काठमाडौंमा अध्यायन गर्ने दैलेखी यूवाहरुले गठन गरेको दैलेखी यूथ नाम समुह मार्फत दशैं र तिहारको विदाको अवसरमा जिल्लामा रहेका यूवाहरुले भाग लिने गरी खेलकुद महोत्सवको आयोजना गरेको आयोजकले दावी गरेको छ ।
यूवाहरुलाई खेलबाट स्वास्थ बनाउन र जिल्लालाई चिनाउन महोत्सवको आयोजना गरिएको यूथका सदस्य मनोज भण्डारीले पत्रकार सम्मेलनमा जानकारी दिए । अवसर नहुँदा जिल्लाका योग्य खेलाडीहरु विस्थापित हुनुपर्ने बाध्यता रहेकाले अवका दिनहरुमा त्यस्तो नहुँने भण्डारीले बताए । जिल्लामा पछिल्लो समय खेलकुदका गतिविधिहरु हुन छाडेपछि यूथहरुको प्रयासमा पहिलो पटक जिल्ला स्तरिय खेल महोत्सव हुन थालेको हो । खेल महोत्सवमा ४ खेल प्रर्दशन हुने आयोजकले बताएको छ । फुटवल, भलिवल, टेवुलटेनिस, ब्याटमेन्टन खेलहरु सदरमुकाममा ४ दिनसम्म हुनेछन् । पत्रकार सम्मेलनमा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष चक्र केसीले खेलकुद गतिविधिले यूवाहरुमा सकारात्मक बाटोमा हिड्ने बताए । कार्यक्रममा निजि क्षेत्र तथा जिल्लास्थित पत्रकारहरु र आयोजक सहभागी थिए ।

प्रतिक्रिया