माओवादीले ‘ हावा ‘ कुरा गरेको भन्दै प्रमुख निर्वाचन आयुक्त रुष्ट

माओवादीले ‘ हावा ‘ कुरा गरेको भन्दै प्रमुख निर्वाचन आयुक्त रुष्ट

काठमाडौं। मंगलवार माओवादीले देखाएको राजनितिक व्यवहारले उसप्रतिको राजनितिक विश्वासमा आशंका पैदा गरेको छ। सरकार छोड्न दवाव परेपनि सरकारमै रहिआएको माओवादीले मंगलवार सरकार छोड्ने तयारी पनि गरेको थियो। 

सरकारमा माओवादीका तर्फबाट नेतृत्व गरिरहेका उपप्रधानमन्त्री कृष्ण बहादुर महराले परराष्ट्र मन्त्रालयमा पत्रकार सम्मेलन गरि सरकारबाट हट्ने पार्टी निर्णयपछि आजैबाट आफूहरु सरकारमा नरहने बताए। सचिवालयका कर्मचारीदेखि पत्रकारसम्मलाई धन्यावाद दिन भ्याए। कर्मचारीसँग विदावारी हुन अपरान्हको समय मिलाउन सचिवलाई निर्देशन दिएर हिडे।

परराष्ट्रबाट करिव ३ सय मिटर पर रहेको गृह मन्त्रालयमा २ वजे पत्रकार सम्मेलन भनेर मिडियाकर्मीलाई निम्तो दिएका गृहमन्त्री जनार्दन शर्मा करिव ४० मिनेट पछि केहि तनावका बीचमा पत्रकार सम्मेलनमा उपस्थित भए।

सरकाबाट हट्ने जानकारी गराउन बसेको अनुमानमा रहेका पत्रकार त्यतिखेर चकित भए जब शर्माले आफूहरु सरकारमै रहने पार्टीको  निर्णय भएको सुनाए।

सरकारले निर्वाचन सार्न लागेको जानकारी निर्वाचन आयोगबाट थाहा पाएकाले सरकारमै रहने निर्णय गरिएको निवर्तमान गृहमन्त्री तथा हालका विनाविभागिय मन्त्री जनार्दन शर्माले पत्रकार सम्मेलनमा बताए ।

शर्माका अनुसार माओवादीले सरकारबाट बाहिरिने निर्णय गरिसकेको थियो । पार्टी अध्यक्षले प्रधानमन्त्री शेर बहादुर देउवालाई सम्वोधन गरेर पत्र समेत बनाएका थिए। ‘ तर यही बीचमा निर्वाचन आयोगबाट निर्वाचन सर्न लागेको भन्ने जानकारी पाएपछि माओवादी सरकारमै रहने निर्णयमा हामी पुगेका हौ,’  शर्माले पत्रकार सम्मेलनमा जानकारी दिए।

माओवादी केन्द्रका एक जिम्मेवार मन्त्रीले आफ्नो निर्णयलाई ढाकछोप गर्न बनाएको बाहनाप्रति निर्वाचन आयोगले भने कडा आपत्ति जनाएको छ ।

निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधिप्रसाद यादवले माओवादी केन्द्रका मन्त्रीहरुले ‘ हावा ‘ कुरा गरेको भन्दै खण्डन गरे ।

निर्वाचन आयोगका आयुक्तहरु र पदाधिकारीहरुले दलहरुले राजनिति गरेपनि निर्वाचन आयोगले निर्वाचन सार्दैछ भनेर हल्ला गरेर निर्वाचनलाई प्रभावित गर्ने काम नगर्न आग्रह गरेका छन्।

सरकारमा रहँदा रहँदै सरकारको नेतृत्वलाई अनेक आरोप लगाउदै फेरि सरकारमै बस्ने निर्णय गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवा पनि माओवादी केन्द्रका मन्त्रीहरुलाई जिम्मेवारी खोसेर विनाविभागियमा घटुवा गरिदिएका छन्।  हाम्राे खवरमा खवरछ ।

प्रतिक्रिया