सत्य घटनामा आधारित कथा ‘भोगाई’

सत्य घटनामा आधारित कथा  ‘भोगाई’

समयले मलाई यसरी धोका दिएको छ की त्यसको कल्पना सम्म पनि मैले गरेकी थिईन। खै किन नियतीले मलाई कहाँ पुर्याउने हो मैले सोच्नै सकेकी छैन। जीवनका हरेक पलमा निराशाको भुमरीले आशिको छानो भत्काईदिएको छ। भनेको सुनेकी थिएँ दुखपछी सुख मिल्दछ तर अब सुख मिल्ने आशा ने रहेन। कुनैकुनै पिडाहरू यस्ता छन की जुन म नचाहेरै पनि सधै यो मनमा सङ्गालिरहन्छु। मनबाट निकालू पो कसरी?कहिल्यै पनि निकालेर फाल्न नमिल्ने भ एका छन उहाँका यादहरू ।

यो अलौकिक संसारमा मलाई एक्लै छोडेर यो धर्तिबाट बिदा लिएर गएको पनि २वर्ष भैसके छ। उफ!कसरी मैले यो सास फेरीरहेछु?म आफैलाई थाहा छैन। किन मेरो प्रियतम यति निर्दयी बन्नु भयो? मलाई कसरी दिन बिताउछे सोच्नुभयो? यि लालाबालालाई के गर्छे ?कसरी पाल्छे ? कुन आर्थिक आधारले पढाउछे?सोच्नुभयो होला। हुन त मेरो परीक्षा दैवले नै लिएका होलान। ऊ नभ ए पछी यसले जीवन बिताउन सक्छे कि सक्दिन भनेर। हुनत म मरेर जान पनि सकिन। बरू प्राचिन कालमे भएको भए ठिक हुन्थो। म पनि सति जाने थिएँ। बाँच्नुभन्दा मर्नु ने जाति लाग्छ मलाई त। तर के गर्नु यो पापी कालले पनि राम्रा र असल मान्छेलाई मात्र लिन्छ।

जीवनमा अनेकों कष्ट गरेपनि मैले कहिल्यै सुखको सास फेर्न पाईन र अब त झन पाउने कल्पना पनि गर्दिन। कुनैदिन समयले कोल्टे फेर्यो भने भोतिक सुख त पाईएला तर हजुरको माया र साथ पाउने आश सम्भब छैन। खै मरेपछि के हुन्छ स्वर्गमा भेट हुन्छकी?

यि हजुरका बुढा बुवा आमा डुब्न लागेका घामजस्ता हुनुहुन्छ। उहाहरू हजुरकैपिरले नै हैरान हुनुभाछ। दिदी बहिनीहरू पोहोरको तिहारमा कति रुनुभयो कति । अहिलेको तिहारमा पनि बेस्सरी रुनुभयो। उनीहरु त बेलामोकामा रूनुहुन्छ मलाई भने जीन्दगी भरी रुनु ने भयो।

नन्दा महतारा ‘चिन्तन’

प्रतिक्रिया