हिमानीको ‘संसार हेर्ने चाहाना’

हिमानीको ‘संसार हेर्ने चाहाना’

दैलेख–प्रत्येक व्यक्तिको एउटा सपनाहुन्छ, सधै उज्यालो संसार हेरिरहने । तरआठबिस नगरपालिका वडा नं २ सिगौडीकी १३ वर्षिया हिमानीखनालले ६ महिना देखि उज्यालो संसार हेर्नै पाइनन् । उनका लागि यो संसार सबै अन्धकार थियो । साथीभाईको सहारामा विद्यालय जान्थिन तर अक्षर देख्न सक्थीनन् । कक्षा ८ माअध्ययनरत हिमानी पढाईमा राम्रै भएपनि अक्षर देख्न नसकेपछि कमजोर बन्दै गएकी थिइन् ।
उनलाई १ वर्ष अगाडी देखि निरन्तर टाउको दुख्ने समस्या देखिन थाल्यो । टाउको दुखिरहने समस्याले गर्दा आखाँबाट आशु बग्न शुरु गरे । आर्थीक अभावका कारण आँखाको उपचार गर्न नसकेकी हिमानी खनाललाई विद्यालयले दिएको छात्रवृत्तिको रकमले स्थानीय मेडिकलमा आखाँको उपचार गरिन् । तर आँखाको समस्याज्यूको त्यूँ रह्यो । आँखाको समस्या बढ्दै गएपछि उनका दुवै आखाँ देख्न बन्द भए । उपचार गर्ने आर्थीक अभावमा बाहिर जान सकिनन् । उनि संगै उपचार गर्ने आर्थीक अभाव त थियो नै त्यसमा पनि अस्पतालसम्म जानलाई सहयोगी थिएन ।
घरमा आठ वर्षको भाई र आमा मात्रै छन् । उनका बुबा १ वर्ष भयो कमाउन भारत गए देखि फर्किएका छैनन् । वारीमा मानो लगायर मुरी कहिल्यै फलेन् । उनले भनिन्, ‘आमाले दुःख गरी कमाएको अलिअलि पैसा पनि बाले रक्सीमै सिध्याए । उनि भन्छिन ‘कमाउन भारत गएका न पैसा पठाउछन् न आफु आउछन् ।’ कोहि नहुँनेको भगवान हुन्छ भनेझै दैलेखमा संचालित सेभ द चिल्ड्रेन र सोसेक दैलेखले आँखाको उपचारका लागि आर्थीक सहयोग गरे । उक्त सहयोग रकमबाट नेपालगञ्ज आखाँ अस्पतालमा गई आँखाको जाँच गरिन् । उपचार पश्चात अहिले उज्यालो देख्न सक्ने बनेकी छिन् । उनले भनिन् ‘मलाई संसार हेर्ने चाहान ाथियो ।’त्योे पुरा भएको छ । ६ महिनामा मैले आखाँ नदेख्नुको पिडा राम्रैसँग अनुभव गरे । विद्यालयमा साथीभाईहरुसँग खेल्न मन लाग्थ्यो अनि उनीहरु जँहा गए त्यँहा जान मन लाग्थ्यो तर त्यो सम्भव थिएन् । आर्थिक अभावमा मेरो गुम्न लागेको आँखाको ज्योतीलाई सानो सहयोगले पुनःप्राप्त गरेकी छु । जिन्दगीबाट हार खाएको बताउने हिमानीलाई अहिले संसार जिते जस्तै भएको छ । डाक्टरले आखाँनिको हुन्छ भन्नु भयो । उनले भनिन् ‘मेरो जस्तै आर्थिक अभावमा कसैले आँखा गुमाउन नपरोस ।’

प्रतिक्रिया