फेरी अर्को तारापानी साजपानी पुर्ण सरसफाई युक्र गाउ धोषणा

फेरी अर्को तारापानी साजपानी पुर्ण सरसफाई युक्र गाउ धोषणा

दैलेख– दुल्लु नगरपालीका बडा नं १ र २ मा रहेको साजपानी तारापानी गाउँलाई पूर्ण सरसफाई युक्त गाउँ घोषणा गरिएको छ । खानेपानी तथा सरसफाई योजना सम्पन्न भएपनि उक्त दुई गाउँलाई पुर्ण सरसफाई गाउँ घोषणा गरिएको हो ।
कार्यक्रममा दुल्लु नगरपालीका उप–प्रमुख बिष्णु थापाले दुल्लु वडा नं १ बाट पुर्ण सरसफाई अभियान सुरु भएको बताइन् । उनले दुल्लु नगरपालीकाका १३ वटै वडा मा पुर्ण सरसफाई गराउन आफु लागी पर्ने बताइन् । पुर्ण सरसफाई घोषर्ण मात्र नभई यो गाउँलाई छाउपडी प्रथा अन्त्यको लागि पहल थालने बताइन् । उनले छाउपडि प्रर्था अन्त्यका लागि आफु प्रतिबद्ध रहेको बताउदै समाजमा विद्यमान सामाजिक कुरितिको रुपमा रहेको छाउपडी अन्त्यका लागि सबै लाग्न आग्रह गरकी छिन् । दुल्लु नगरपालिका वडा नं १ का वडा अध्यक्ष नयाराम थापाले वडामा पुर्ण सरसफाई र छाउपडी प्रथा अन्तयमा जोड दिने बताउदै छाउपडी प्रथा समाजले बनाएको कुसस्कार भएकाले यसको अन्त्य गर्न आफु प्रतिबद्ध भएको बताए ।
नाउले कटवाुलका स्वाथ्य चौकिका प्रमुख ओम रिजालले सरसफाई मानव जिवनको पहिलो कार्य भएको बताए । कार्यक्रममा बोल्दै सोसेक नेपाल दैलेखका कार्यक्रम निरीक्षक महेन्द्रराज अधिकारी ले पुर्ण सरसफाई घोषण गर्नु मात्र ठुलो नभएको बताउदै यसलाई निन्तरता दिने र व्यवहारमा परिवर्तन गर्नु आवश्यक रहेको बताए । कार्यक्रममा उपस्थिति सम्पुर्ण सहभागीहरुले पुर्णसरसफाइ सम्बन्धि १० बुदे प्रतिबद्धता पत्रमा प्रतिबद्धता सहित हस्ताक्षेर गरेका छन । प्रतिबद्धतामा पुर्ण सरसफाइका न्युनतम पाँच प्लस एक सुचक निरन्तर प्रयोगमा ल्याउने प्रतिबद्धता गरेका हुन् । जिल्ला समन्वय समितिका सदस्य चन्द्रा नेपालीको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता खानेपानी योजनाका अध्यक्ष शक्ति बहादुर खड्काले गरेका थिए ।

प्रतिक्रिया