मानव तस्करीको जालो दैलेख सम्म

मानव तस्करीको जालो दैलेख सम्म

दैलेख–गत सातामात्रै भारतियसिमा हुँदै कुवेत जान लागेको दैलेखका दुई महिलालाई प्रहरीले कपिलबस्तुको सिमाबाट प्रक्राउ ग¥यो । रोजगारीको लागि भारतीय सिमा हँुदै कुवेत जान लागेका दैलेखका २ जना महिलालाई प्रहरी र स्थानीय संस्थाको सहयोगमा फिर्ता गरिएको थियो । तस्करहरुले विदेश पठाईदिने भन्दै महिलाहरुलाई कपिलबस्तुु हुँदै भारत प्रवेश गराउने गरेका छन् । उनिहरुले भारतको एयरपोर्टबाट जाँदा खर्च कम लाग्ने भन्दै महिलाहरुलाई भारत प्रवेश गराउने गरेका छन् । अहिले अन्यनाका भन्दा कपिलबस्तु हुँदै भारत प्रवेश गराउने नाका प्रमुख नाकाको बनेको छ । विदेश पठाइ िदने र अन्य प्रलोभनमा पारि महिलाहरुलाई भारत प्रवेश गराउने गिरोह दैलेख सम्मपुगेको छ ।
घरेलु कामदारको रुपमा विदेश जानलागेका दुई जना महिला (नामगोप्य राखिएको) लार्इ विदेश पठाउने एजेण्टले काठमाण्डौको एक होटेलमा तीन दिन सम्म राखेका थिए । विदेश पाउने प्रलोभनमा पारि उनीहरुलाई भारतको एयरपोर्ट हुँदै कुवेत पठाउने दलालको योजना थियो । भारतीय सिमा हँुदै विदेश पठाउने भनिए पनि मानव तस्करीको आशंकामा प्रहरीले पक्राउ गरि उनीहरुलाई घर फिर्ता गरेको हो । पिडकलाई मानव वेचविखन तथा ओसार पोसारको मुद्धा चलाइएको छ । अहिले कपिलबस्तु जिल्ला अदालतमा मुद्धा चलिरहेको सामाजिक सेवा केन्द्र सोसेक नेपाल दैलेखका संस्थापक अध्यक्ष हिरासिंह थापाले जानकारी दिए ।
सामान्य घर खर्च समेत टार्न समस्या भएपछि यहाँका महिलाहरुमा वैदेशिक रोजगारीको लोभले गर्दा मानव तस्करी बढ्ने सम्भावना देखिएको छ । रोजगारीको लागि विदेश पठाउने रोजगारदाता कम्पनीले कामदारले गर्ने कामको प्रकृति, समय, पाउने पारिश्रमिक, सुरक्षाका साथै कुनै कारणाबस कामबाट फिर्ता हुनु पर्दा उनीहरुको खर्चको ग्यारेण्टी गर्नुपर्ने व्यवस्था छ । साथै विदेश जान इच्छुक व्यक्तिले आफुले गर्ने कामको बारेमा आधारभूत तालिम नलिई जान पाउदैनन् । अर्काेतिर केही वैदेशिक मुलकहरुमा नेपाल सरकारले नै श्रमका लागि श्रमस्विकृति दिएको छैन् । यी न्यूनतम शर्तहरुको बारेमा जानकारी नै नदिई बैदेशिक रोजगारीका लागि अर्काे गलत बाटो प्रयोग गरी तेस्रो मुलुकमा पठाउन मानव वेचविख नभएको सम्बद्ध सरोकारवालाहरुले वताउने गरेका छन् ।
यस अघि पनि विहे गरी कास्की जान लागेका अछामका ४ जनाबालिकाहरुलाई दैलेखको आठविस नगरपालिकाको राकमकर्णालीमा प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पछि उनीहरुलाई घरमा पुनस्र्थापना गरिएको छ ।
आर्थिक अवस्थाले थिचिएका ग्रामिण क्षेत्रका महिलाहरुको लागि दैनिक आम्दानीका श्रोतहरु केही नभएपछि विदेश जानु बाध्यता भएको नाम नबताउने सर्तमा एक जना महिलाले बताईन् । उनले भनिन, “सानै उमेरमा विहे गरे, श्रीमानले अर्को विहे गरी अलग्गै बस्ने गरेका छन् ।” छोराछोरी साना छन्, छोराछोरीको राम्रो भविश्यका लागि र सामान्य घर गुजारा गर्न विदेश जान लागेको उनको भनाई थियो ।
उनिहरु हराएको भन्ने सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको वाल हेल्पलाईन १०९८ मा खवर भएपछि जिल्ला प्रहरी कार्यालय दैलेखको सहयोगमा उनिहरुलाई खोजी कार्य सुरु भएको थियो । सोही प्रयास अनुसार उनिहरुलाई प्रहरीको टोलीले कपिलबस्तुमा पक्राउ गरेको थियो । घर फिर्ता भएका दैलेखका दुई महिलालाई सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखले सामाजिक मनोविमर्श सेवा प्रदान गरेको थापाले जानकारी दिए ।

प्रतिक्रिया