अपाँगता बालबालिकालाई परिचय पत्र

अपाँगता बालबालिकालाई परिचय पत्र

दैलेख, राज्यले दिने सेवा सुविधा प्राप्त गर्न अपाँगता परिचय पत्र आवश्यक पर्छ भन्ने जानकारी पाए पछि अपाँगता परिचयपत्र लिन सुरुवात गरेका छन् । दैलेखको आठबीस नगरपालिका वडा नं ४ राकमकर्णालीका अपाँगता भएका बालबालिकाहरुले जिल्ला सदरमुकाममा आएर परिचय पत्र लिएका हुन ।

लामो समय देखि गाउमा घुम्ति शिविर नहुदा अपाँगता बालबालिका परिचय पत्रबाट बञ्चित थिए । नत उनीहरुसँग जिल्ला सदरमुकाममै गएर परिचय पत्र बनाउन सक्ने आर्थिक क्षमता थियो । वर्ष १२ कि देवी वि.क.को परिचय पत्र बनाईसकेपछि आमा कमला वि.क.ले भनिन् विहान खाए बेलुुकि के खाउ भन्ने चिन्ताले पिरोली रहेको बेला परिचय पत्र बनाउनकै लागि खर्च गर्ने म सँग पैसा थिएन् । गिटी कुटेर छाक टार्दै आएकी कमलालाई छोरीको दायाँ खुट्टा अकस्मात छोटो भएपछि पारिवारिक बोझ झन थपिएको थियो । छोरीको परिचय पत्र बनेपछि कतै सहयोग पाइन्छकी भन्ने आशा भएको कमलाले बताईन् । देवी जनज्योती माध्यामिक विद्यालय राकमकर्णालीमा कक्षा ७ मा अध्ययन गर्छिन् ।
चन्द्रबहादुर माझीकी ६ बर्षिया छोरी रश्मि माझीमा बहुअपाँगता छ । उनको जन्मदै नबोल्ने र कान नसुन्ने समस्या छ । परिचय पत्र नभएकै कारण श्रोत विद्यालयमा रश्मि भर्ना हुन पाइरहेकी थिइन्न । अब परिचय पत्र बनेपछि छोरीलाई विद्यालयमा पढाउने सोच भएको चन्द्रबहादुरले बताए । आर्थिक समस्याले गर्दा परिचय पत्र बनाउन नसकेको उनको भनाई थियो ।
परिचय पत्रबाट विहिन अपाँगता भएका बालबालिकाहरुलाई परिचय पत्र बनाउन र विद्यालयमा भर्ना गर्नको लागि सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखले सहयोग गर्दै आएको छ । आधारभूत शिक्षाबाट कोही बञ्चित नहुन भन्ने उद्धेश्यले अपाँगता भएका बालबालिकालाई परिचय पत्र बनाउने, जोखिममा रहेका बालबालिकाको उपचार गर्ने र विद्यालयमा भर्ना गर्ने गरिएको सामाजिक परिचालक लक्ष्मि चलाउनेले बताईन् ।

प्रतिक्रिया