दुवै चरणको गरी ६७ प्रतिशत मत खस्यो, गुल्मीमा ७१ प्रतिशत

दुवै चरणको गरी ६७ प्रतिशत मत खस्यो, गुल्मीमा ७१ प्रतिशत

काठमाडौं । निर्वाचन आयोगले पहिलो र दोस्रो चरण गरी प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६७ प्रतिशत बढी मत खसेको जनाएको छ ।

दोस्रो चरणको मतदान सकिएपछि आयोगमा गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले दुवै चरणको गरी ६७ प्रतिशत बढी मत खसेको बताए ।

उनले भने, ‘दोस्रो चरणको सबै ठाउँको विवरण आइनसकेकाले केही प्रतिशत बढ्न सक्छ ।’ दोस्रो चरणमा सबै भन्दा बढी गुल्मीमा ७१ प्रतिशत खसेको प्रमुख आयुक्त यादवले बताए ।

उनले अर्घाखाँचीको सन्धिखर्कको एक मतदान केन्द्रमा मात्रै मतदान स्थगित भएको जानकारी दिए । मतदान शान्तिपूर्ण भएको र अब मतगणना पनि कसैले प्रश्न उठाउन नसक्ने गरी गर्न उनले निर्वाचन अधिकारीहरुलाई अनुरोध गरे ।

प्रमुख आयुक्त यादवले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न भूमिका खेल्ने सबैलाई धन्यवाद दिँदै आयोगले योसँगै अब संक्रमणकाल अन्त्य भएको विश्वास लिएको सुनाए । हाम्राेकुरामा खवरछ ।

प्रतिक्रिया