समाचार फलोअप– हिमानीको फेरिएको जिवनशैली

समाचार फलोअप– हिमानीको फेरिएको जिवनशैली

हिक्मत नेपाली
दैलेख– आठवीस नगरपालिका वडा नं. २ की १३ बर्षिया हिमानी खनाल विद्यालय प्रांगणमै भेटिइन् । सरस्वती माध्यामिक विद्यालय कक्षा ८ मा अध्ययनरत हिमानी निकै खुसी देखिन्थीन् । उनले करिब १० मिटरको दुरीमा टासिएको विद्यार्थीेले पालना गर्नुपर्ने आचारसंहिताको व्यानर सजिलै पढेर सुनाइन् । ६ महिना पहिले आँखाको समस्याबाट ग्रसित हिमानी अहिले आँखाको समस्याबाट मुक्ती पाएकी छिन् । आँखा नदेख्ने समस्याबाट पिडित हिमानीको अहिले जिवनशैली नै फेरिएको छ । उनि दैनिक विद्यालय आउने मात्रै नभई घरमा आमालाई काममा समेत सघाउने गरेकी छिन् । साथीभाईको सहारामा विद्यालय जाने हिमानी अहिले विद्यालय एक्लै जाने मात्रै होइन् अन्य काम समेत राम्रै संग गर्न सक्ने भएकी छिन् ।

आँखाको समस्याका कारण कक्षामा उत्कृष्ठ विद्यार्थीको सूचीमा परेकी हिमानीको अक्षर देख्न नसकेपछि कमजोर बन्दै गएको थियो । अहिले कक्षामा अन्य विद्यार्थीको तुलनामा पढाई समेत राम्रो भएको विद्यालयका एक शिक्षकले बताए । उनलाई १ वर्ष अगाडी देखि निरन्तर टाउको दुख्ने समस्या देखिएको थियो । टाउको दुखि रहने समस्याले गर्दा आखाँबाट आँसु बग्न भयो । आर्थीक अभावका कारण आँखाको उपचार गर्न नसकेकी हिमानीलाई विद्यालयले दिएको छात्रवृत्तिको रकमले स्थानीय मेडिकलमा आखाँको उपचार गरिन् । तर आँखाको समस्या ज्यूको त्यूँ रह्यो । आँखाको समस्या बढ्दै गएपछि उनका दुवै आखाँ देख्न बन्द भए । उपचार गर्ने आर्थीक अभावमा बाहिर जान सकिनन् । उनि संगै उपचार गर्ने आर्थीक अभाव त थियो नै त्यसमापनि अस्पतालसम्म जानलाई सहयोगी समेत थिएनन् । उनलाई जिल्लामा संचालित सेभ द चिल्ड्रेन र सोसेक दैलेखले आँखाको उपचारका लागि आर्थीक सहयोग गरि उपचारका लागि नेपालगंज पठाइएको थियो । नेपालगंजमा उनको आँखाको उपचार भयो । उपचार पश्चात अहिले उज्यालो देख्न सक्ने बनेकी छिन् । ६ महिना देखि उज्यालो संसार हेर्नै पाइन्, हिमानीले भनिन “अहिले संसार जिते जस्तो अनुभव भएको छ ।” ६ महिना देखिको उज्यालो संसार हेर्ने चाहाना पुरा भएको हिमानीले बताइन् ।
छोरीको गुमेको आँखा फिर्ता आएको छ, उनकी आमाले भनिन् “अहिले छोरी मात्रै होइन परिवारका सबै सदस्य खुसी छौ ।”

प्रतिक्रिया