१६ वर्षकै उमेरमा सम्बन्ध विच्छेद !

१६ वर्षकै उमेरमा सम्बन्ध विच्छेद !

यमुना भण्डारी,

काठमाडौं । नेपालमा पछिल्ला वर्षहरुमा सम्बन्ध विच्छेदका घटना बढ्दै गएका छन् । केन्द्रीय तथ्याङ्क विभागका अनुसार नेपालमा २०७१ यता सम्बन्ध विच्छेदका घटना बढेका देखिएको छ ।
सन् २०११ को सर्भेक्षण अनुसार ११ हजार ६७४ पुरुष र ११ हजार ५१५ महिलाले सम्बन्ध विच्छेद गरेका छन् । केन्द्रीय तथ्याङ्क विभागका सूचना अधिकारी प्रमोद राज रेग्मीले सम्बन्ध विच्छेदपछि विवाह भएको खण्डमा त्यो गणना नहुने बताए ।

यस्तै केन्द्रीय पञ्जिकरण कार्यालयका अनुसार २०७१ यता उल्लेख्य मात्रामा सम्बन्ध विच्छेदका घटना भएका छन् । २०६९ मा ५२२ सम्बन्ध विच्छेद भएकामा त्यो संख्या २०७३ सम्म आइपुग्दा २२ सय ८३ पुगेको छ ।

केन्द्रीय पञ्जिकरणका तथ्ययाङ्क अधिकृत दिवाकर शर्माका अनुसार २०७० मा तीन सय ९४ सम्बन्ध विच्छेद भएकामा २०७१ मा त्यो संख्या १३ सय ७५ पुग्यो । २०७४ को विवरण भने निर्वाचनका कारण अद्यावधिक भएको छैन । यता, काठमाडौं जिल्ला अदालतका अनुसार एक महिनामा डेढसय देखि दुई सयसम्म मुद्दा दर्ता हुने गरेका छन् ।

काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार कृष्णप्रसाद नेपालले सम्बन्ध विच्छेद गर्नेमा १६ देखि १७ र ३० देखि ३५ वर्षको उमेरकाको संख्या बढी भएको बताएका छन् । उनले भने, ‘महिलाहरुमा चेतनको विकास, समाजिक संघ संस्थाको प्रभाव र सञ्चारमाध्यमका कारण हिजो खुलेर बोल्न नसकेका महिलाहरु अहिले अन्यायविरुद्ध उभिने गरेका छन् ।’ अहिले सबैले अन्यायविरुद्ध उभिन सिकेका छन् ।

यस्तै, वैदेशिक रोजगारमा जानेहरुका परिवारमा फाटो आउने गरेका कारण घटनाक्रममा वृद्धि भएको बताइन्छ । सम्बन्ध विच्छेदका कारण विभिन्न मानिएका छन् । घरेलु हिंसा, घरायसी कारण, विश्वासको अभाव, महिला मैत्री कानुनको व्यवस्था र महिलाहरुमा आएको सचेतना तथा वैदेशिक रोजगार र सामाजिक सञ्जाल यी सबै सम्बन्ध विच्छेदका घटनासँग जोडिन पुगेका छन् । हाम्राेखवरमा समचारछ ।

प्रतिक्रिया